मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान’ सुरु
विश्व मानसिक दिवसको अवसरमा बिहीवारदेखि मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालय मन्त्रालयमा आयोजिक कार्यक्रममा अभियानको स्वास्थ्यमन्त्री गगनकुमार थापाले अभियान शुभारम्भ गर्नुभयो । मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशिल अमृता फाउण्डेशन नेपाल र प्रथम पाइला राष्ट्रिय मासिकको संयुक्त आयोजनामा अभियान सुरु भएको हो ।
‘प्राथमिक मनोवैज्ञानिक सहयोग’ भन्ने नाराका मनाउन लागिएको यस वर्षको विश्व मानसिक दिवसको अवसरमा सुरु भएको अभियानमा बिरामीहरुलाई मनोपरामर्श अभियान चलाउने, पोषण परामर्श सेवा, मनोचिकित्सा सेवा, संगीतबाट उपचार गर्ने अभियान, पारिवारिक एवं वैवाहिक मनोपरामर्श तथा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
विश्वमा ४५ करोड र नेपालमा हाल ५० देखि ६० लाख कुनै न कुनै किसिमका मनोरोगी रहेको फाउण्डेशनले जनाएको छ । ठूलो संख्यामा मनोरोग भएपनि स्वास्थ्यको वार्षिक बजेटमा भने ०।५ प्रतिशतमात्र बजेट बिनियोजन गरिनुले मानसिक स्वास्थ्यका विषय उपेक्षामा परेको सरोकारवालाहरुको गुनासो छ । अभियानको प्रारम्भमा ‘मानसिक एवं मनोसामाजिक स्वास्थ्य क्षेत्रको प्रवद्र्धन र सम्वद्र्धन विकासका लागि म आफ्नो प्रतिवद्धता व्यक्त गर्ेका छन । कार्यक्रममा मनोचिकित्सक , अभियन्ता , र रेडियो सगरमाथाका पत्रकार लोकराज अधिकारी सहित केहि सञ्चारकर्मीहरुलाई सम्मान गरिएको मनोविद एबं कार्यक्रम संयोजक गोपाल ढकालले जानकारी दिनु भएको छ ।