तमलोपा र सद्भावना एकीकरण हुने
महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरण हुने भएको छ ।
ती दुई दलबीच एकीकरणका लागि बृहत् छलफल जारी रहेको सांसद तथा तमलोपाका महामन्त्री जङ्गीलाल रायले बताउनुभयो । सर्लाही, सलेमपुर–काठमाडौँ सहयोगी समाजले काठमाडौँको मधेस मिडिया हाउसमा आज दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा रायले सो जानकारी दिँदै भन्नुभयो, “तमलोपा र सद्भावनाबीच छिट्टै एकीकरण हुँदैछ । एकीकरणका लागि दुवै पार्टीका शीर्षनेताबीच गहन छलफल भइरहेको छ ।” उहाँले थप्नुभयो, “मधेसी मोर्चासँग सत्ता गठबन्धन काँग्रेस–माओवादीले तीनबुँदे सहमति कार्यान्वयन नगरे फेरि कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।”