बादलको गाऊँ प्रेम
पछिल्लो समय नेपाली सुगम संगीतमा सक्रिय गीतकार एवं संगीतकार हुन् – बादल घिमिरे । यतिबेला आफ्नो दोस्रो आधुनिक गीति एल्बम `बदमासी ´को तयारीमा जुटिरहेका घिमिरेले आफ्नो जन्म गाऊँ स्याङ्जा चापाकोट विशेष गीत सार्वजनिक गरेका छन् । प्रसिद्ध संगीत प्रशिक्षक एवं संगीतकार चण्डिप्रसाद काफ्लेसंग शास्त्रीय संगीत सिकिरहेका बादल घिमिरे नेपाली संगीतका निकै आशालाग्दा संगीतकार समेत हुन् ।
गायक रूपक डोटेलको आवाजमा रहेको आफ्नो जन्म थलो विशेष गीतमा बादलको शब्द संगीत रहेको छ ।
यश गीतबाटै बादलको जन्मगाऊँ प्रतिको प्रेम स्पष्ट देख्न सकिन्छ । ` म जन्मेको ठाउँ स्याङ्जा चापाकोट नेपालकै सुन्दर उपत्यका हो । यहाँ प्रकृतिको विशाल रूप र संसारमा कहिं नपाइने शालिग्राम शिला यसै क्षेत्रमा पाइन्छ । प्रचार प्रसारको अभावले निकै पछाडी परेकोले गीत मार्फत यस ठाउँलाई माथि उठाउने प्रयास गरेको हूँ ´ – घिमिरेको भनाई छ । ` गीत मार्फत आफ्नो जन्ममाटोलाई चिनाउने कामको म प्रसस्त प्रशंसा गर्दछु । बादल घिमिरेको जस्तो गाऊँ प्रेम हामी सबै कलाकारहरूमा हुनु जरूरी छ ।´ गीतको अडियो सार्वजनिक गर्न स्याङ्जा चापाकोट पुगेका वरिष्ठ संगीतकार सुरेश अधिकारीको भनाई छ । गीतको अडियो भिडियो कामना डिजिटल प्रा लि ले बजार ब्यवस्थापन गरेको हो ।