युएस एण्ड नेपाल प्रकाशकको तर्फबाट संदेश

आजदेखि बिधिबत रुपमा र प्रत्यक्ष रुपमा तपाईं सामु आएका छौं। पक्कै पनि कुनै अनलाइन खुल्नु वा बन्द हुनु ठुलो कुरा होइन। कुनै खुल्छन कुनै बन्द हुन्छन। हामी पनि खुलेको पुस्टि गर्न धेरै मिहिनेत गर्न बाँकी छ। तर उद्धेश्य सहि भयो भने बाटो अप्ठेरो भए पनि सफलता हासिल गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ।
अहिले नेपाली भाषामा अनगिन्ति अनलाइन छन्। तीनको उद्धेश्य प्रकारान्तरले सूचना प्रबाह गर्ने भए पनि सबै अनलाइन त्यसमा टिकेका छन् भन्न सकिन्न। बिभिन्न शक्तिकेन्द्र र स्वार्थ केन्द्रको रक्षा गर्न समेत संचार माध्यम प्रयोग भएको देख्न सकिन्छ। यस्ता कुरामा पाठक आफै न्यायाधिश बनेर राम्रो नराम्रो छुट्ट्याउनु पर्छ। कानुनत: नियमन गर्ने बाहेक सामाजिक र नैतिक लिक भन्दा बाहिर गएका अन्लाइन्लाइ ठेगान लाउने भनेकै पाठकले हो। नराम्रो कुरा हेर्ने, सुन्ने वा पढ्ने गरियो भने त्यसले प्रकाशन वा प्रशारण गर्न उत्साह प्रदान गर्छ र पाठकले मन नपराए पनि प्रकारान्तरले त्यसलाई सहयोग पुग्न जान्छ। त्यसैले सब कुराको न्यायाधिश पाठक हो । त्यसैले जहिले सम्म राम्रो कुरालाइ प्रोत्साहन दिइन्न, तब सम्म राम्रो कुराले फैलिने अवसर पाउँदैन।
हामीले शुरु गरेको यो अनलाइन हाम्रो मात्र होइन, हाम्रो समुदायको पनि हो। यो साझा हो। यसमा प्रत्यक्ष रहेर केहि व्यक्तिहरुले सहयोग गरे पनि हामी चाहन्छौं,  यो समुदायको सम्पति बनोस। यसले समाजमा राम्रो संदेश देओस। सकारात्मक परिबर्तन गरोस। लोकप्रियताको नाममा उरन्ठेउला, भ्रामक र उत्तेजना फैलाउने समाचार हामीले प्रकाशन नगर्ने प्रयाश गर्नेछौं। यो अनलाइनमा लेखिएका समाचार सत्य हुन्छन भन्ने अनुभव सम्पूर्ण पाठकलाई हुने अवस्था सिर्जना गर्न हामी रातदिन काम गर्नेछौं।
अर्को महत्वपूर्ण कुरा के  भने यो अनलाइन कसैको बिरुद्ध वा कसैको प्रतिष्पर्धा गर्न शुरुवात गरिएको होइन। अन्य प्रकाशित भैरहेका अनलाइनहरु प्रति हाम्रो उत्ति नै श्रद्धा र आदर छ। सबैले आफ्नो कर्मको फल भोग्ने हो भन्ने कुरामा हाम्रो गहिरो बिस्वास छ। हाम्रो यो प्रयाशलाइ उचाइमा पुर्याउन बाहिरी कुरा भन्दा हाम्रै आन्तरिक कारणले जसरि प्रभावित पर्छ त्यसै गरी हामी कसैलाई निषेध गर्न थाल्यौं भने हाम्रो पनि स्थिति त्यहीं गएर टुंगिन्छ, यो धुर्बसत्य हो। यसमा सम्बद्ध साथीहरुको यो गहिरो स्वीकृति हो।
त्यसैले यसलाई आफ्नै सम्पति, आफ्नै अवाज र आफ्नै अनलाइन सम्झी हामीलाई तपाईंहरुकै सेवामा समर्पित हुने अवसर प्रदान गर्न अनुरोध गर्दछौं ।  हामी निस्पक्ष पक्कै हुनेछौं तर समाजमा हुने बिकृति बिरुद्ध भने चुप लाग्ने छैनौ। समाज बिगार्ने कुरामा हामी तटस्थ हुने छैनौं। नैतिक, धार्मिक र मानबिय कुरामा हामी मोही माग्ने ढुङ्ग्रो लुकाउने काम गर्ने छैनौं। हामी समग्र समाजको हितमा काम गरिरहने छौं।त्यसैले यस्ता इस्युहरुमा सबैले आफुलाई मुखरित गर्नु पर्छ भन्ने हाम्रो दह्रो मान्यता छ। तपाईंहरुकै माया, ममता र सहयोगबाट हामी अघि बढ्न चाहन्छौं। त्यसको लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोगको लागि हामी अपिल गर्दछौं।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907