नवीन के भट्टराईले रोयल्टीविरुद्ध बोल्दा कार्यक्रम विथोलिने अवस्था
गायक नवीन के भट्टराईले संगीत रोयल्टीको अभियानलाई नकारात्मक दृष्टिले बोल्दा उनको बसपार्कस्थित बिजी मलमा भइरहेको लाइभ कार्यक्रम विथोलिने अवस्थामा पुगेको छ । रोयल्टी संकलनको अभियानमा रहेको संगीत रोयल्टी संकलन समाजका तर्फबाट गायक भट्टराईसँग लाइभ कार्यक्रम गरेवापत रोयल्टी प्रदान गर्न अनुरोध गर्दा उनले ‘तिमीहरु जेसुकै गर म रोयल्टी दिन्न, मलाई तिमीहरुको रोयल्टीको राजनीति मन पर्दैन’ भनेपछि प्रतिलिपि अधिकारका निकायहरु कार्यक्रम रोक्नका लागि जुटेका छन् । प्रहरी सेल, रोयल्टी संकलनका सिएमओ संस्थाका पदाधिकारीलगायत यससँग सम्बन्धित निकायहरु अहिले बसपार्क जाने तयारीमा रहेको बताइएको छ ।