काँग्रेसमा संविधान लेखन प्रक्रिया रोक्ने दवाब
काठमाडौं, भदौ १७ । सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस संविधान लेखनको प्रक्रिया केही दिन रोक्न दवाब बढेको छ ।
काँग्रेसका मधेशी सभासद् र पार्टीका दोश्रो तहका नेताहरु आन्दोलनलाई मत्थर पारेर मात्र संविधान लेखनको प्रक्रियालाई अघि बढाउन प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई दवाब दिइरहेका छन् । बुधवार बसेको संसदीय दलको बैठकमा यस्तो दवाब आएपछि पार्टी नेतृत्व अन्यौलमा रहेको कुरा विहीबारको कान्तिपुर दैनिकको प्रथम पृष्ठमा समाचार छ ।
समाचारमा भनिएको छ, ‘सत्ता गठबन्धन दल एमाले र पार्टीभित्रकै शेरबहादुर देउवा खेमाले सत्ता लम्ब्याउने उद्देश्यसँग जोडेका छन् ।’
बरिष्ठ नेता देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला भने वार्तासँगै संविधान लेखनको प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा छन् ।