Archive for: October, 2018

भारतीय नेपाली साहित्यकारलाई नेपाल स्रष्टा समाजद्वारा सम्मान

पुष्पा खनाल, काठमाडौँ, कार्तिक १३ । नेपाल स्रष्टा समाजले भारतको असम, तेजपुर क्षेत्रका भारतीय नेपाली साहित्यकारहरुलाई सम्मान तथा अन्तत्र्रिmया कार्यक्रमको आयोजना गर्यो । अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यितामा सम्पन्न कार्यक्रममा अतिथि साहित्यकार ज्ञानबहादुर क्षेत्रीले नेपाली भाषा राष्ट्रको सीमा पार गरेर विश्वमा पुगिरहेको अवस्थामा नेपाली भाषा साहित्यको बारेमा केही जानकारी प्राप्त गर्ने उद्देश्यले आपूmहरु नेपाल […]


सम्वृद्धि तर्फ लम्किंदै कर्णाली

सुर्खेत, १३ कात्तिक  : “पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै भूमिकामा उभिन तयार छौँ ।” यो माघ २१ गते बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा दलका नेताहरूले अधिक दोहो¥याएको वाक्य हो । […]


डालस एभरेस्ट लायन्स क्लबको आठौँ प्रतियोगितात्मक कबि गोष्ठी अक्टोबर २८ गते

डालस, टेक्सास । नेपाली भाषा र साहित्यको बिकासमा समेत डालस एभरेस्ट लायन्स क्लबले उल्लेख्य काम गरेको छ । यतिबेला डालसमा अन्य साहित्यिक संस्थाहरु पनि खुलेका छन् तर डालस लायन्स क्लबले धेरै पहिले देखि आफुलाई नेपाली भाषा र साहित्यको सेवामा समर्पण गर्दै आएको छ । यहि क्रममा आठौँ प्रतियोगितात्मक कबि गोष्ठी समेत अक्टोबर २८ आइतबार अपरान्ह […]


एचडीएनपी को २९औ पटकको घरबार बिहिनहरुलाई खुवाउने कार्यक्रम सम्पन्न

डालस, अक्टोबर २१ । एचडीएनपी इन्टरनेसनल ले आज घरबार बिहिन अमेरिकीहरुलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरेको छ । डालस नजिकैको शहर फोर्ट वर्थ बजार देखि करिव ३ किलोमिटरको दुरीमा रहेको “युनिटी पार्क” मा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त अबसरमा करिब ५०० जना घरबार बिहिन, अशक्तहरुले खाना खाएका थिए । यो एचडीएनपीको २९औ पटकको कार्यक्रम […]


कसरी गरियो जमाल खसोग्गीको साउदी दुताबास भित्र हत्या

साउदी अरेबिया यतिबेला बिस्व समाचारको केन्द्रबिन्दुमा छ । यसको कारण कुनै राम्रो कामको कारण होइन । टर्कीको राजधानी इस्तानाबुल स्थित साउदी दुताबासमा घटेको एक निन्दनीय घटनाको कारण साउदी अरेबिया र यसका राजा अनि राजकुमार आलोचित बनेका छन् । यो घटना यति क्रुर देखिन्छ कि यसले साउदी अरेबियाको सत्ता नै हल्लने अवस्था सिर्जना भएको छ । […]


अमेरिकामा पनि भोट हाल्न तगारो हालिन्छ: किन र कसरी ?

प्रजातन्त्र र स्वतन्त्रताको कुरा गर्दा तेश्रो बिस्व मानिने नेपाल जस्ता धेरै देशका मानिसहरुले अमेरिकाको नाम लिने गर्छन । खुल्ला बजार, स्वतन्त्र व्यक्ति र आवधिक निर्बाचनहरुको उदाहरण पेश गरिन्छ । संसारभर प्रजातन्त्र र मानब अधिकारको वकालत गर्दै कतिपय देशमा सोहि कारणले सैनिक हमला समेत अमेरिकाले गर्ने भएकोले अमेरिकाको हरेक नशामा प्रजातन्त्र छ भन्ने सबैलाई लाग्नु स्वाभाविक […]


फरक शैलिमा दशैं मनाए टेक्सासका युवाले

टेक्सास, टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलिमा दशै मनाएका छन् । नेप स्टार अफ डिएफडब्लुको औपचारिक उद्घाटनको अवसरमा युवाहरुले भलिबल प्रतियोगिता तथा नाचागान गरेर दशैंलाई स्वागत गरेका छन् । नेपालको बिभिन्न जिल्लाबाट आई ड्यालासमा बसोबास गर्ने खेल प्रेमी युवाहरुको सकृयतामा खोलिएको क्लब नेप स्टार अफ डिएफडब्लुको आईतबार एक भब्य कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको हो […]


हाम्रो संस्कार झुकेर नमस्कार गर्ने हो, अंकमाल किन ?

हरेक समाजमा भेट हुँदा फरक फरक तरिकाले स्वागत गरिन्छ । फरक शब्दको प्रयोग मात्र होइन शारीरिक हाउभाउ र गतिबिधि पनि फरक हुन्छन । आफ्नो अगाडीको व्यक्ति को छ भन्ने कुराले पनि स्वागत गर्ने तरिका फरक हुन्छ, हुनसक्छ । नेपाली समाज र संस्कारमा नमस्ते, नमस्कार गरेर, हात मिलाएर र खुट्टामा ढोगेर समेत स्वागत गरिन्छ । जसरी […]


‘गल्ती गर्नेलाई कारवाही गर्नुहोस्’ : माधवकुमार नेपाल

काभे्रपलाञ्चोक, २८ असोज: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गर्नुभएको छ । काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उद्घाटन सभालाई आज कुन्ताबेँसीमा सम्बोधन गर्दै नेता नेपालले भन्नुभयो, “सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने […]


साथीको संझनामा तयार गीत सार्बजनिक गर्दा थामिएनन आँशु (भिडियो सहित)

संगीतकार शेषको गायनमा पुनरागमन मान्छेको आयु जीवन छउञ्जेलमात्रै हुन्छ । तर, गीत–संगीतको आयु जीवन सकिएपछि पनि रहन्छ । गीतकार उमेशचन्द्र घिमिरेको शब्द गायक तथा संगीतकार लक्ष्मण शेषको स्वर र संगीतकार चक्रपाणि तिमल्सिना को संगीत रहेको ‘आजदेखि साथी मैले’ बोलको गीत अडियो भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियो सार्बजनिक कार्यक्रममा उपस्थित धेरैको आँखामा आशु भरिएको […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907