अस्टिन, टेक्सास । अमेरिकाको टेक्सासमा नेपालीभाषीहरुको संख्या बढिरहेको छ । सरकारी कार्यालयहरुमा प्रयोग हुने अंग्रेजी भाषाको कारण कतिपय नेपालीहरुले असजिलो समेत महसुस गर्ने गरेका छन् । सोहि कुरालाई मध्यनजर राख्दै गैर आबसिय नेपाली संघ टेक्सासले नेपाली भाषामा सवारी चालक प्रमाणपत्रको परिक्षा दिन सकिने व्यवस्था गर्न अनुरोध गर्दै टेक्सास राज्यका सचिवालय प्रमुखलाई भेट गरेर एक ज्ञापन […]
“I think I need to think about it “ मलाई टाइम देउ | उसले यती भनेर फोन राखेको आज १५ दिन पछि अर्को मेसेज पठायो .. सरी आश्मा we are not meant to be .. Have a nice life” मेसेज पढेर मलाई केहि नौलो लागेन | केही अस्चार्य चकित भइन म | ६ वर्षाको माया चटक्कै छुट्दा .. थचक्कभूइमा बसिन म | किनकी यो ५ वर्षा यो सम्बन्द एकोहोरो थियो | मेरो माया मेरो त्याग र कम्प्रमाइजमा चलेकोथियो | कुरा नै गर्ने हो भने मेरो खर्चमा चलेको थियो | मन भरिको चोखो माया उसको खुसीको लागि आफ्नो देश आमा बाबु छोडेर आउदा समेत उसलाई अपुग भए म… सरिरको प्रत्यक अंग लुछन दिदा पनि अघोरी भयो उ | साएद अर्को सरिरको बास्नाको भोको थियो उ | कतिपटक रंगे हात सम्त्दा पनि अर्को चान्स दिदा दिदा थाकिसकेकी थिए म | मेरो जिन्दगी आफ्नो हैन जस्तो लाग्थ्योकहिले काही | ६ बर्षको सम्बन्द कतै कोहि संग लुकेको थिएन | आमाले थहा पाए के भन्लिन!? भाउजुले थहापाए कुरा काटलिन एस्तै सोचेर म डिप्रेसन मा गैसकेकी थिए | साएद आज उसले नछोडेको भए म अझै पनि उनै मेरो संसार सोचेर आफै कुण्ठित हुन्थे होला |समाजको डरले म बेखुसी सम्बन्दलाई फेसबुकका केहि रंगिनफोटो भित्र लुकाऊथे होला .. तर आज मलाई उसैले अजादी देएको थियो | त्यो दिन अलिअलि घाम लागे जस्तो अलिअलि तुवालो लागे जस्तो भएर बित्यो | कहिले दुइ हातले मुख छोपेरडाको छोडेर रुन्थे कहिले ऐना अगाडी बसेर घन्टौ आफैलाई नियाल्थे |तेसरी मेरो ब्रेकअप को पहिलो दिन बित्यो| भोलि पल्ट बिहान उठे | टाउको भारी थियो संगै मन पनि | अब पनि कसैलाई यो कुरा सेयर गरिन भने म पागलहुन्छु जस्तो लग्यो | londonमा इशा मेरी मिल्ने साथी बस्थि उसैलाई फोन गरेर र सबै बेली विस्तार लगाए | मेरोब्रेकअपमा सबै भन्दा इशा खुसि भएकि थी | “साले तलाई त मैले पहिला नै छोड्दे भनेको but I am so happy for you “. अब सिंगल लाइफ मोज गर केटि |एक्लै नबस बाहिर जा | नया मान्छे भेट …एउटा टिपिकल ब्रेकअप क्लास दिदै थि उ मलाई | बरु भनेको मानएउटा सोलो ट्रीपमा जा तेरो लाइफ टाइम मेमोरी नि हुन्छ | इसा संग करिब १ घण्टा कुरा गरेपछि मन अलि हल्का भयो | सोचे अब नया जीवन सुरु गर्छु | आफ्नो तरिकालेबाच्छु | तर घरमा ब्रेक अप भाको कुरा भन्ने आट आएन | मेसेज टाइप गरेर फेरी मेटे | त्यो दिन मनमा कुराखेलाउदै बित्यो | गूगल मा “how to handle break up देखि place to visit before I die “सबै हेरदै थिए म |इसाले अलि सक्ति दिएकि थि | मैले भोलि पल्टको vegasको टिकट काटे | त्यो रात आफुलाई संसारकैसक्तिसाली केटि भएको महसुस भायो | म ब्रेअकप भएको ३ दिनमा एक्लै vegas जदै थिए | बिहान उठेर लुगा प्याक गरे | मेरो जिबनको पहिलो एक्लो भ्रमण | एरपोर्ट पुग्दा अनौठो डरले मुटु कपिरखेकोथियो भने अर्को मनमा उत्साह थियो | dallas बाट vegas ४ घण्टामा पुगे | होटेलमा चेक इन गरेर फ्रेश भए | रातो ड्रेस लगाएर म vegas अर्थात् पापको सहर घुम्न रेडी भए | होटेल बाट निस्किनु अगाडी इशालाई कल गरे | मेरोनयापन देखेर उ पनि खुसी भइ | Vegas मा कसैलाई लाज थिएँन | कसैलाई कसैको मतलब थिएन | करोडपति देखि लिएर भिखारी एउटै छानामुनि अटेका थिए | […]
वासिंगटन डिसी, अमेरिका । करिव दुइ महिनाको रस्साकस्सी पछि अन्ततः ब्रेट क्याभना अमेरिकाको सर्बोच्च अदालतको न्यायाधीषमा नियुक्त भएका छन् । अक्टोबर ६ सनिबार अपरान्ह भएको मतदानमा ४८ का बिरुद्ध ५० मतले उनी न्यायाधिष नियुक्त भएका छन् । अघिल्लो हप्ता नै नियुक्त हुने पक्का भएका क्याभना एफबिआइको एक हप्ते पृष्ठभूमि जांच पछि अन्तत: अमेरिकाको न्याय क्षेत्रको […]
काठमाडौँ, १८ असोज ः विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीहरु माँझ नेपाली भाषा शिक्षाको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले ‘भर्चुअल नेपाली स्कूल’ नामक सामाजिक अभियान शुरु गरिएको छ । सबैका लागि नेपाली भाषा र सधैका लागि नेपाली भाषा भन्ने मूल नाराका साथ शुरु गरिएको ‘भर्चुअल नेपाली स्कूल’ क्विक सिल्वर इन्नोभेसन्स प्राविधिक सहयोगमा एउटा सामाजिक अभियानको […]
काठमाडौँ , १७ असोज (रासस) : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् । आज बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले सो निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले […]
काठमाडौं – चितवन रामघाट २५ बर्षिय विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्यानरत श्रेष्ठले १६ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् । ‘बलात्कारीका लागि उपयुक्त सजाए के हुन सक्छ ?’ निर्णायक मध्यका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन् […]
डालस टेक्सास। लामो समय देखि डालसमा सक्रिय रहेको नेपालीहरुले स्थापित गरेको संस्था डालस एभरेस्ट लायन्सले स्वास्थ्य शिविर चलाउने भएको छ । क्लबका अध्यक्ष थलराज पन्तका अनुसार स्वास्थ्य शिविर आगामी अक्टोबर ६ गते सनिबार बिहान ९ देखि १ बजेसम्म चल्नेछ । यसको विशेषता के हो भने यो निशुल्क हो । स्वास्थ्य बिमा नभएका, औषधि सिद्धिएका र […]
स्टेफनभिल (टेक्सस) । दुइ महिना अघि बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको स्मृतिमा शनिबार टेक्ससमा श्रद्धाञ्जली सभा अायोजना गरिएको छ । जनसम्पर्क समिति वेस्ट टेक्सस च्याप्टरको अायोजनामा भएको श्रद्धाञ्जली सभामा स्व. पन्तको स्मृतिमा दिप प्रज्वलन समेत गरिएको थियो । १३ वर्षिया पन्तको बलात्कार पछि गत साउन ११ गते हत्या भएको थियो । उनको हत्यारालाई खोजी […]