Archive for: February, 2017

संगीतकर्मी कल्याणकारी कोषमा गायीका तथा समाजसेवी सन्ध्या अधिकारीले १५ हजार सहयोग गर्ने

संगीतकर्मी कल्याणकारी कोषमा गायीका तथा समाजसेवी सन्ध्या अधिकारीले १५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । सहयोग रकम आउदो सोमबार एक बिशेष कार्यक्रममा हस्तान्तरण गरिने गायक तथा संगीतकार नरहरी प्रेमीले जानकारी दिनु भएको छ । उक्त दिन पर्यटन बोर्डमा श्रुति संगीत बिद्यालयको आयोजनामा म्यूजिक फर टुरीजम नाराका साथ श्रुति संगीत सन्ध्या कार्यक्रम हुदैछ । […]


एनआरएन अमेरिकाको अध्यक्षमा टेक्सासबाट राम पोखरेलको उम्मेद्वारी

फेब्रुअरी २३, डालस, टेक्सास। एनआरएन अमेरिकाको आगामी २०१७-२०१९ को चुनाव नजिकिंदै छ। संगसंगै उम्मेदवार घोषणा हुने क्रम पनि तिब्र छ। बिशेष गरी अध्यक्ष पदमा थुप्रै उम्मेदवारहरुको लर्को लागेको छ। एक कक्षा पास गरे पछि दुइ कक्षामा पढ्ने हो, एक कक्षा फेरी दोहोर्याएर पढ्ने कुरा हुन्न भन्ने विचार राख्ने वर्तमान अध्यक्ष केशव पौडेल देखि उहाँकै कार्यसमितिमा […]


सेना दिवस मनाउँदै

(नारायणप्रसाद न्यौपाने) काठमाडौँ, १२ फागुन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टँुडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई […]


चुनावको मिति घोषणासँगै डडेल्धुरावासी हर्षित

डडेल्धुरा, १२ फागुन । नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै डडेल्धुराका स्थानीयवासी खुसी हुनाका साथै घोषणाको स्वागत गरेका छन् । दुई दशकपछि हुन लागेको स्थानीय निकायकोे चुनावको मिति घोषणा भएको भन्दै डडेल्धुरावासी खुसी भएका हुन् । झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि पाउनुका साथै नेपालको संविधान कार्यान्वयन हुने भन्दै जिल्ला सदरमुकामदेखि गाउँगाउँका स्थानीयवासी खुसी […]


निर्बाचन आयोगद्वारा कार्यतालिका सार्वजनिकः मनोनयन वैशाख १६ गते

काठमाडौँ, ११ फागुन । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको दुई दिनपछि निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले आजै कार्यतालिकासँगै निर्वाचन व्यवस्थापनमा सहयोग पु¥याउन सरकारलाई १९ बुँदे […]


संगीतकर्मी कल्याणकारी कोषमा थाइल्याण्डबाट १० हजार सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा  थाइल्याण्डकी एक संगीत पारखीले झण्डै ३ हजार थाई भाट सहयोग गरेकी छन ।  संघका प्रेस सल्लाहकार लोकराज अधिकारीको अनुरोधमा थाई नागरिक पिसामाईले  नेपाली १० हजार रुपैया संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा पठाएकी हुन । सहयोग रकम  संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष लाई हस्तान्तरण गरिएको छ । संघका प्रेस […]


अन्तररास्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो समिति सर्बसम्मत रुपमा गठन

नेपाली भाषा, साहित्य, कला, सँस्कृतीको लागि कार्यरत र आफ्नो नेपाली पन र मनको आभासका लागि संसार भर कार्यरत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डि.सी. मेट्रो कमिटीको सन २०१७ – २०१९  कार्यकालको  निर्वाचनसम्पन्न भएकोछ । सँस्थाको बिधान बमोजिम प्रकाशित निर्बाचन कार्यक्रम अनुसार ३ जनाको निर्वाचन समितिले (मनकुमारी थापा, डा. अनिल सुवाल र पत्रकार सुजित अर्जेल) निर्वाचन […]


सिरियामा शान्ति वार्ताको तयारीका लागि मध्यस्थकर्ताहरुको बैठक हुँदै

जेनेभा, १० फागुन । संयुक्त राष्ट्रसङ्घले सिरियासँगको शान्ति वार्ताका लागि काम भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि आगामी २३ फेब्रुअरीमा मध्यस्थतालगायतका बारेमा तयारी भएको जनाएको हो । सिरियामा शान्ति वार्ताको तयारी भएको छ । यसका लागि आगामी २३ फेब्रुअरीमा मध्यस्थकर्ताहरुको बैठक बस्ने भएको छ । सो प्रयोजनका लागि जेनेभामा सिरियाली शान्ति वार्ता […]


निर्वाचनमा सर्वदलीय सहमति, संबिधान संशोधन प्रक्रियामा जाने

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन गराउने विषयमा आम सहमति जुटेको छ भने संविधान संशोधन प्रक्रिया छलफलमा लान विपक्षी दल लचक देखिएका छन् । बैठकको अन्तिम समयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जानकारी दिएर अनुपस्थित भए पनि उपस्थित सबै दलले आगामी वैशाख ३१ निर्वाचन घोषणा भएकामा स्वागत […]


छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला

छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला गरिएको छ । विगत ५ वर्ष अगाडिदेखि विभिन्न ३३ विधामा केन्द्रित रहेर आयोजना गरिँदै आएको यस अवार्डको छैटौं संस्करणको लागि गीतसंगीतका स्रष्टा र सिर्जनालाई मनोनयनको लागि आवेदन खुला गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक सबिता पोखरेलले जानकारी दिइन् । ‘स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार’ […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907