न्यु योर्कको एक अदालतले अमेरिकी पूर्व रास्ट्रपति डोनाल्ड ट्रंपलाइ दोषी ठहर गरेको छ। म्याण्ह्याटन डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्रागले दायर गरेको मुद्धाको फैसला गर्दै सबै ३४ वटा मुद्धाहरुमा ट्रंपलाइ दोषी ठहर्याइएको हो। उनको मुद्धामा १२ जना न्यु योर्क निवासी सामान्य नागरिकहरुबाट बनाइएको जुरीले ट्रंपलाइ दोषी ठहर गरेको हो। उनलाई सजाय भने जुलाई ११ मा सुनाइनेछ। यो […]
अमेरिकी सरकारका कानुन मन्त्री मेरिक गार्लेण्डले वर्तमान रास्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनको मुद्धा हेर्न स्पेसल काउन्सिल नियुक्त गरेका छन्। लामो समय देखि हन्टर बाइडेनको मुद्धा हेरिरहेका डेभिड वेइसलाइ बढुवा गरी स्पेसल काउन्सिल बनाइएको छ र उनको कार्यक्षेत्र पनि डेलावेरबाट जुनसुकै राज्यमा पनि काम गर्न पाउने गरी बढाइएको छ। स्पेसल काउन्सिलको नियुक्ति संगै रास्ट्रपति जो […]
डालस, अमेरिका।अमेरिकी रास्ट्रपति जो बाइडेनलाइ मार्ने धम्की दिने एक जनालाई एफबीआइका बिशेष एजेन्टले मारिदिएका छन्। युटाह निबासी क्रेग रोबर्ट्सनले रास्ट्रपतिको भ्रमणको पुर्बसंध्यामा मार्ने धम्की दिएको जनाइएको छ। उनलाई पक्रिन गएको एफबीआइको टोलीले उनलाई पक्रने क्रममा मारिएको थियो। उनले रास्ट्रपति बाइडेनलाइ मार्न आफ्नो बन्दुक सफा गरेर बसेको आसयको कुरा अनलाइनमा व्यक्त गरेका थिए। क्रेग बिरुद्ध रास्ट्रपतिलाइ […]
टेक्सासमा फेरी अर्को सामुहिक हत्याकाण्ड भएको छ। टेक्सासको युभाल्ड सिटीको रब प्राथमिक बिद्यालयमा भएको उक्त हत्याकाण्डमा यो रिपोर्ट तयार पार्दासम्म १८ जना बालबालिका र एकजना शिक्षकको मृत्यु भएको छ। १८ बर्षिय बन्दुकधारीले हाते बन्दुक र राइफलको प्रयोग गरेर यसरी हत्या गरेको टेक्सासका गभर्नर ग्रेग एबोटले जानकारी गराएका छन्।दुइ, तीन र चार कक्षामा पढ्ने बिद्यार्थीहरु यो […]
एसियाको भ्रमणमा रहेका अमेरिकी रास्ट्रपति जो बाइडेनको ताइवान सम्बन्धि अभिव्यक्तिले बिस्व तरंगित बनेको छ। जापानका प्रधानमन्त्री फुमिओ किसिदासंगको संयुक्त पत्रकार सम्मेलनमा एक प्रश्नको उत्तर दिने क्रममा चीनले जबर्जस्ति ताइवान कब्जा गरेमा अमेरिकाले ताइवानलाइ सैन्य सहयोग गर्ने कुरा बताएका थिए। उक्रेनमा प्रत्यक्ष रुपमा लड़ांइमा भाग नलिएको अमेरिकाले ताइवानमा भने प्रत्यक्ष भाग लिने भनाइ स्पस्ट संग राखेका […]
वाशिंगटन डिसी, अमेरिका। एक ट्रिलिएन डलरको पुनर्निर्माण योजना माथिल्लो सदन सिनेटमा छलफलकै क्रममा रहेको बेला डेमोक्र्याटहरुले फेरी साढे तीन ट्रिलिएन डलरको महत्वाकान्क्षी सामाजिक सुरक्षा सम्बन्धि प्रस्ताव अगाडी सारेका छन्। स्वास्थ्य, शिक्षा र बाताबरण संरक्षणको क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको यो प्रस्ताव रास्ट्रपति जोसेफ बाइडेनको ४ ट्रिलिएन डलर खर्च गर्ने योजनाको अर्को हिस्सा हो। फ़िलिबस्टर भनिने […]
सामान्यतया राजनीतिक पार्टीहरु चुनावमा पराजित भएपछि त्यसको लेखाजोखा गर्न लाग्छन। हामीले भोट किन कम पायौं भन्ने विश्लेषण गरेर जनताको मन जित्ने कार्यक्रम ल्याउनु सहि मार्ग हो। तर जर्जियामा भने त्यसको उल्टो काम गर्न लागे रिपब्लिकनहरुले। मतदाताहरुको भोटले जित्न नसकेपछि तत्कालिन रास्ट्रपति डोनाल्ड ट्रंपले निर्बाचन उल्टाउन अनेक प्रपन्च गरे। त्यहाँका निर्बाचन अधिकारीहरुलाई फोन गर्दै निर्बाचनको परिणाम […]
वाशिंटन डिसी, अमेरिका । अमेरिकाको तल्लो सदनको न्याय समितिले रास्ट्रपति ट्रंप बिरुद्ध महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ । न्याय समितिबाट पारित भए पछि अब यो प्रस्ताव संसद्को पूर्ण इजालसमा गएको छ भने यसमाथि मतदान डिसेम्बर १८ मा हुनेछ । न्याय समितिमा डिसेम्बर १३ शुक्रबार भएको मतदानमा पक्षमा २३ र बिपक्षमा १७ मत परेको थियो […]
पेन्साकोला, फ्लोरिडा । आम गोलीकाण्डहरु भैरहने अमेरिकामा शुक्रबार बिहान फ्लोरिडाको पेन्साकोलामा रहेको हवाई आधार क्षेत्रमा फेरी अर्को गोलीकाण्ड भएको छ । उक्त घटनमा गोलिकाण्डमा सहभागी रहेको भनिएको व्यक्ति सहित ४ जनाको मृत्यु भएको छ भने अरु ८ जना घाइते भएका छन् । घटना भएको अमेरिकी सेनाको हवाई बेसले ठुलो क्षेत्र ओगटेको छ जसमा सैनिक र […]
वाशिंगटन डिसी, अमेरिका । अन्ततः रास्ट्रपति ट्रंपमाथि महाअभियोग लगाइने नै भएको छ । सभामुख नेन्सी पेलोसीले रास्ट्रपति डोनाल्ड ट्रंपले आफ्नो पदको दुरुपयोग गरेको पर्याप्त प्रमाण फेला परेको भन्दै उनीविरुद्ध महाअभियोग पत्र दर्ता गर्न सम्बन्धित संसदीय समितिलाई निर्देशन दिएकि छिन । ट्रंपलाइ डेमोक्र्याटहरुले घृणा गर्ने भएकोले सानोतिनो कुरामा निहु खोजेर महाअभियोग लगाउन खोजेको त होइन भन्ने […]