भर्खरै

इन्द्रेणी सांस्कृतिक संघले २४ मा होली मनाउने

डालस, मार्च १, २०१७। नेपालीहरुको एक रंगिन र रमाइलो चाड होली आउनु भन्दा केहि दिन अघि अर्थात् आगामी सनिबार  अमेरिकामा होली मनाइने भएको छ। डालसमा लामो समय देखि संस्कृतिको संरक्षण गर्दै आएको नेपालीहरुको संस्था इन्द्रेणी सांस्कृतिक संघले आउँदो आइतबार अर्थात् फेब्रुअरी २४ गते होलीको अवसर पारेर होली बिशेष कार्यक्रम गर्ने भएको छ। होली आउनकेहि दिन […]


रोयल्टी संकलन समाज बिरुद्धको मुद्धामा अन्तरिम आदेश दिनु नपर्ने उच्च अदालतको ठहर

संगीत रोयल्टी संकलन समाज बिरुद्ध उच्च अदालतमा परेको मुद्धामा अदालतले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । उच्च अदालत पाटनका न्यायाधिस द्धय किशोर सिलवाल र शान्ति सिंह थापाको संयुक्त इजलाशले निबेदकका तर्फबाट माग दाबि गरे अनुसारको अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । आर अडियो म्यूजिक सहित ४ वटा म्यूजिक कम्पनिले संगीत […]


बिबाह भोजमा भएको आगलागीमा १८ जनाको मृत्यु

अजमर, भारत, ६ फागुन  ः भारतको पश्चिमी राज्य राजस्थानको बेअवर शहरमा गत शुक्रबार एक वैवाहिक भोज चलिरहेका वेला भएको विष्पोटमा परी हराएका थप नौ जनाको मृत शरीरलाई आइतबार उद्धार गरिएको भारतीय अधिकारीले जनाएका छन् । उक्त वैवाहिक समारोहमा सहभागीमध्ये नौ जनाको मृत शरीरलाई घटनास्थलबाट शनिवार साँझसम्म उद्धार गरिएको थियो । राति वैवाहिक भोज चलिरहेका समय ग्यास […]


एनआरएन अमेरिकाद्धारा हेल्प डेस्क र हेल्प लाइन नम्बर संचालन

अष्टिन टेक्सास गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले शनिबार टेक्सासको अष्टिनमा एक कार्यक्रमको आयोजना गरि हेल्प डेस्कको उद्घाटन गरेको छ । अमेरिकामा रहेका नेपालीहरुका समस्या समाधान गर्ने उद्देश्यसहित एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल तथा उपाध्यक्ष एवम हेल्प डेस्क समिती संयोजक उमा कार्की थापाले संयुक्त रुपमा हेल्प डेस्क तथा हेल्प लाइन नम्बरको संचालनमा आएको घोषणा […]


अमेरिकामा हुने बन्दुक काण्डहरु र संविधानको दोश्रो संसोधनको औचित्य

फेब्रुअरी १४, २०१८ फ्लोरिडाको स्थानीय समय अनुसार करिब साढे दुइ बजे दिउसो पार्कल्याण्ड सिटीस्थित स्टोनम्यान डग्लस हाइ स्कूलमा गोली चलन शुरु गर्यो। आगलागीको संकेत गर्ने अलार्म बजे पछि बिद्यार्थी र शिक्षकहरु बाहिर निस्किन खोजे। १९ बर्षीय सोहि स्कूलमा पढ्ने तर समस्याको कारक बनेपछि स्कुलबाट निष्काशन गरिएको निकोलस क्रुजले एआर-१५ नामक अत्यन्त शक्तिशाली हतियारबाट गोलीको वर्षा […]


जुनसुकै क्षेत्रमा पनि राम्रो काम गर्न हिम्मत चाहिन्छ: वाताबरण मन्त्री लालबाबु पण्डित

काठमाडौँ, ५ फागुन  ः नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेतृत्व कायर, डरपोक र दिनमात्र बिताउने भयो भने कुनै पनि क्षेत्रमा परिवर्तन सम्भव नहुने बताउनुभएको छ । नेपाल वातावरण पत्रकार समूहको ‘पानी सञ्चार अभियान’ को शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पण्डितले भन्नुभयो, “राजधानीलगायत मुलुकका अन्य भागमा पर्यावरण र वातावरण बिगार्नेलाई दण्डित गर्नु […]


राम्रो काममा समर्थन र नराम्रो गरे बिरोध हुन्छ: डाक्टर शेखर कोइराला

विराटनगर, ४ फागुन  ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुण र दोषका आधारमा वर्तमान सरकारलाई सहयोग गरिने बताउनुभएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा आजदेखि शुरु भएको ‘निर्वाचनपछिको सन्दर्भ र नेविसंघको भूमिका’ विषयमा प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रतिपक्षमा बस्ने जनादेश पाइएकाले प्रतिपक्षमा रहँदै सरकारका राम्रो कामको समर्थन […]


केपी वलीद्वारा पदभार ग्रहण: सम्बृद्ध र सुखी नेपाल बनाउने दृढता

काठमाडौँ, ३ फागुन  ः सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले मान्यता दिएका प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ पदबहाली गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई प्राविधिक रुपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ सबै स्थानीय तहमा त्यस्तो […]


नेपाल बिस्वकपको छनोट खेल खेल्न पाउने

काठमाडौँ, २ फागुन : आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनी जित निकाल्दै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ । नामिबियास्थित वान्डरर्स स्टेडियममा भर्खरै सम्पन्न खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम […]


नगरपालिकाको केन्द्र नसार्न आन्दोलन: १९ जना घाइते

गौर, रौतहट, २ फागुन  ः वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा रहेको नगरपालिकाको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै स्थानीयवासीले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुभयो । झडपमा परी नेपाल […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907