डिसेम्बर १०, डालस, टेक्सास।नेपाल जर्नी र नेपाली समाज टेक्सासको संयुक्त आयोजनामा आज हुने फंड रेजिंग कार्यक्रमको तयारी पूरा भएको छ।कार्यक्रममा भाग लिन प्रमुख अतिथि भवन भट्ट डालस आइपुग्नु भएको छ भने कार्यक्रम सञ्चालन गर्न एटलान्टाबाट संचारकर्मी प्रेम बानियाँ पनि हिजै आइपुगेका छन। त्यस्तै एनआरएन अमेरिकाका अध्यक्ष केशब पौडेल लगायत अमेरिकाका बिभिन्न शहरहरुबाट सम्पूर्ण पाहुनाहरु समेत […]
भक्तपुर, २४ सङ्सिर । स्वास्थ्यमन्त्री गगन थापाले भक्तपुरको सरकारी अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ । आज भक्तपुर अस्पतालको निरीक्षणमा पुग्नुभएका मन्त्री थापाले अस्पताल अव्यवस्थितरुपमा चलिरहेको र अस्पताल फोहोर भएको पाएपछि तत्काल सुधार गर्न निर्देशन दिनुभएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीलगायतका प्रशासन शाखाका कर्मचारीलाई अस्पतालका सेवाहरूमा सुधार […]
नेपाली गीत संगीत, चलचित्र, नाटक, फेशन, कला र संस्कृतिलाई केन्द्रविन्दुमा राखेर सक्रिय रहेका पत्रकारहरुको भेलाले ‘संगीत कला पत्रकार संघ’ गठन गरेको छ । राजधानीमा शुक्रवार भएको भेलाले सुमन बैरागीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघका दुई उपाध्यक्षमा क्रमशः लोकराज अधिकारी (संगीत संसार नेपाल) र विनिता मरहठ्ठा (अन्नपूर्ण पोष्ट दैनिक) रहेका छन् । […]
काठमाडौँ, २३ मङ्सिर । स्थानीय तह पुनःसंरचना आयोगले यही मङ्सिर मसान्तसम्म आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ । प्रदेश नं २ का चार जिल्लाका सांसदसँग गाउँपालिका एवम् नगरपालिकाको पुनःसंरचनाका विषयमा छलफल गरेपछि आयोगले आज सो जानकारी दिएको हो । बारा, रौतहट, महोत्तरी र सप्तरीका सांसदसँग आज आयोग कार्यालयमा छलफल गरिएको प्रवक्ता डा हरि पौडेलले जानकारी […]
घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर ,गाई त बाध्ने पाटको दाम्लो , बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु ,पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर जस्ता चर्चित गीतका गायक तथा संकलक बुद्धिकृष्ण लामिछानेलाई संगीतकार संघ नेपालको संगीतकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग गरिएको छ । लामिछानेलाई उहाँकै निवास नगरकोट नगरपालिका बागेश्वरी […]
अहिले धेरै नेपालीहरु बिदेशमा बस्छन् । कोही अबसरको खोजिमा त कोही बाध्यताले बिदेशिएका हुन् । रहरले कोही पनि आफ्नो जन्मथलो छोडेर जांदैन। बाध्यताले कोहि अरबका खाडीमा आफ्नो पसिना बगाउंदै छन् भने कोही अमेरिका युरोपमा सस्तोमा आफ्नो श्रम बेच्दैछन्। त्यहि शिलशिलामा कोही आफ्नो पहिचान, भाषा, धर्म, संस्कार भुलेर उतै रमाएका छन् भने कोही आफ्नो अस्तित्व कायम गर्न केही […]
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आज पनि संसद् बैठक अवरुद्ध गरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षी दलका सांसदले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाउनुभएको थियो । संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै […]
काठमाडौँ, २० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन विधेयकका केही दफा राष्ट्रिय हितअनुकूल नरहेकाले त्यसलाई स्थगित गर्न माग गरेको छ । धुम्रबाराहीस्थित कार्यालयमा आज सम्पन्न भएको उक्त बैठकले सरकारले दर्ता गराएको विधेयकप्रति मधेस केन्द्रित दल असन्तुष्ट रहेको, प्रदेश नं ५ का जनता आन्दोलनमा उत्रेको, केही राजनीतिक दलले संसद् अवरुद्ध गरिरहेकाले […]
सान्टियागो डे क्युबा (क्युबा), १९ मङ्सिर । आधा सताब्दीसम्म क्युबाको सत्ताको बागडोर सम्हालेका साम्राज्यवादविरोधी कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधन भएको नौ दिनपछि आइतबार उहाँको अवशेषलाई समाधिस्थलमा लगेर अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार सामान्य तरिकाले गरिएको उक्त अन्त्येष्टी समारोहमा सहभागी हुन विभिन्न देशबाट क्युवा पुगेका पाहुनाहरुले बताएका छन् । क्युबाको स्वास्थ्य र शिक्षा जगत्मा […]
दिसेम्बेर ४ शनिबार, डालस, टेक्सास। नेपाली समाज टेक्सासको आयोजनामा आज यहाँ स्वास्थ्य शिबिर सम्पन्न भयो। बिगत लामो समय देखि डाक्टर संजीव श्रेष्ठको सक्रियता र दिनेस शर्माको संयोजकत्वमा यस्तो खाले शिबिर संचालन हुँदै आएको छ। बिभिन्न कारणले डाक्टरको पहुँच नपुगेका नेपाली नागरिकलाई प्रदान गरिने यो सेवा नेपाली समाज टेक्सासको सबभन्दा लोकप्रिय र प्रभावकारी कार्यक्रम हो। यसले […]