काठमाडौँ, ८ जेठ । सरकारले १२ वटा जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको छ । यो सँगै स्थानीय तहको सङ्ख्या ७६६ पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको सङ्ख्या पुनरावलोकन गर्न गठित कार्यदलको सुझावका आधारमा सरकारले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । […]
फलेवास (पर्वत), ८ जेठ । हालै निर्वाचित पर्वतको कुश्मा र बागलुङ नगरपालिकाका प्रमुखले विगत दुई दशकभन्दा अघिदेखि बन्द भएको बलेवा विमानस्थल सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित नगरप्रमुखको सम्मानमा कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले आइतबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै ती जनप्रतिनिधिले धौलागिरिको भविष्य निर्माण गर्नका लागि बलेवा विमानस्थलको महत्वपूर्ण भूमिका रहेको […]
काठमाडौँ, ७ जेठ । कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार लगायतलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकाल, नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, डा जगदीशचन्द्र बरालले संयुक्तरुपमा मुद्वा दायर गर्नुभएको हो । रिट निवेदनमा कानुनी शासनको मूल सिद्धान्त नै आकर्षित […]
रोल्पा, ६ जेठ । श्रीमान्ले अर्की टिपेर हिँडेपछि जङ्कोट– ४ रोल्पाकी तिलकुमारी घर्ती बेसाहारा बनिन् । दुई वर्षे काखे बालक च्यापेर दिनरात घरको काम गरे पनि उनलाई घरका सदस्यले समेत वास्ता गर्न छाडे । मन बुझाउने कुनै उपाय नभएपछि बाध्य भएर उनी छोरा च्यापेर कोर्चवाङमा रहेको माइत गइन् । आफँै आत्मनिर्भर कसरी हुनेभन्ने चिन्ता थियो […]
अमेरिका । अमेरिकामा तेस्रो नेजा नाईट नामक सॉगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । उत्तर अमेरिकामा वस्ने नेपालीमूलका पत्रकारहरूको छाता संगठन नेपाल अमेरिका पत्रकार संघ, नेजाले नेजा नाईट नामक सॉगितिक कार्यक्रमको आयोजना गर्न लागेको हो । घटना – दुर्घटनामा पर्ने पत्रकारहरूको सहयोगार्थ आपतकालिन कोषको लागी नेजाले आगामी जुन १७ तारिखमा आयोजना गर्न लागेको जनाएको […]
संवाददाता महाशक्ति देश अमेरिका ज्ञान, विज्ञान र आधुनिकताको उच्चतम प्रयोग हुने भुमि हो । विश्वभरका मानिसहरुको सपनाको संसार हो । त्यसैले त प्रतिभाशालि युवा युवतिको विश्वभरवाट यहीँ ओइरोलाग्छ । करिव १८ देखि ३० वर्ष उमेर समुहका प्रतिभाशालि नेपाली युवा युवती पनि राम्रो शिक्षा र उज्जोल भविस्यका लागि यहाँ संघर्ष गरिरहेका छन् । आधिकारिक तथ्यांक नभएपनि करिव […]
यहि मे २६ देखि २८ सम्म डालसमा हुन गैरहेको युएनएको दोश्रो सम्मेलनको तयारी बारे संस्थाका अध्यक्ष पासांग लामा संग गरिएको संक्षिप्त कुराकानी: -युएनएको दोश्रो सम्मेलन आउनै लागिसक्यो, केकस्तो तयारी भएको छ ? युएनएको सम्मेलनको दिन आउन करिव एक हप्ता र केहि दिन बाँकी छ । संयोजकको माध्ययमबाट हरेक क्षेत्रमा काम भैरहेको छ । खेलकुद, फोरमहरु, […]
यो आइतबार ब्यस्त रह्यो दुइवटा जल्दा बल्दा कार्यक्रमको कारण। एउटा नेपाली समाज टेक्सासको कार्यक्रम थियो। जसमा नेपाली समाज टेक्सासद्वारा संचालित नेपाली पाठशालाका बालबालिकाहरुको दिक्षान्त समारोह थियो अपरान्ह १ बजे। त्यसको लगत्तै नेपाल अमेरिका पत्रकार संघ द्वारा आयोजित र नेपाली समाज टेक्सास र एनआरएन टेक्सास च्याप्टरको सहयोगमा एनआरएनए अमेरिकाका अध्यक्ष पदका प्रत्यासीहरूको बहस थियो। दुबैको आफ्नो […]
काठमाडौँ, ३१ वैशाख । “अन्ततः भोट हाल्ने दिन आयो । भोट हाल्न आउने बेलासम्म पनि मनमा एक खालको डर थियोÞ, ” ७० वर्षीया भीमादेवी सापकोटाले भन्नुभयो । काठमाडौँको तारकेश्वर नगरपालिकाको मनमैँजु माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान ६ बजे नै लाइन बस्न पुग्नुभएकी सापकोटाले मतदान गरेपछि ढुक्क लागेको बताउनुभयो । पहिलोपटक निर्वाचनमा सहभागी हुन पाउँदाको […]
मे १३, डालस, टेक्सास। नेपाल अमेरिका पत्रकार संघले भोलि अर्थात् मे १४ आइतबारको दिन डालस स्थित नेपाली मन्दिरमा एक बहस कार्यक्रम संचालन गर्दैछ। त्यसको लागि आबस्यक सम्पूर्ण तयारी पुरा भएको छ। आसन्न गैर आबसिय नेपाली संघ अमेरिकाका अध्यक्ष पदमा उम्मेदवारी दिएर अमेरिकाभर आफ्नो प्रचार एबम प्रसार गरिरहेका उम्मेदवारहरु बीच सो बहस संचालन हुँदैछ। सोहि कार्यक्रमको […]