बृद्ध, सुस्त बाइडेन र घाइते ट्रंप

अमेरिकी रास्ट्रपतिको चुनाव हुन ४ महिना भन्दा कम बाँकी छ। मैदानमा एकातिर वर्तमान रास्ट्रपति जोसेफ बाइडेन छन् भने अर्को तिर केहि दिन अघि हत्या प्रयासबाट बच्न सफल डोनाल्ड ट्रंप छन्। यी दुबैको उमेरमा करिव ३ बर्षको भिन्नता भए पनि विचार र सोंचमा भने ठुलो भिन्नता छ। ट्रंप अत्यन्त साँघुरो धारको नेतृत्व गर्छन भने बाइडेनले प्रतिनिधित्व गर्ने धार अलि फराकिलो छ। तर बाइडेनको उमेर र उनीमा रहेको उर्जाको कमीका कारण उनले आफ्ना यी फराकिला विचारहरु जनता सामु पुराउन सकेका छैनन्।
“बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन” भन्ने नेपाली उखान नै छ। चामल लिएर बसेका बाइडेन आफ्नो मानसिक र शारीरिक स्वास्थ्यका कारण आफ्नो कुरा भन्न सकिरहेका छैनन्। उतातिर पिठो लिएका ट्रंप बिना कुनै योजना र भिजन “यो पिठोले सबै ठिक हुन्छ” भन्ने भास्य निर्माण गर्न सफल भएका छन्। बाइडेन कै कारण ट्रंपले रास्ट्रपति हुने अवसर प्राप्त गर्ने सम्भावना देखिएको सन्दर्भमा हत्या प्रयासले त झन् पक्का जस्तै भएको ठान्नेहरु निकै छन्।


मुद्धहरुका कुरा गर्ने हो भने ट्रंपलाइ जित्न डेमोक्र्याटिक उम्मेदवारलाई धेरै सजिलो छ। ट्रंपको बिगत हेर्ने हो भने गर्ब गर्न लायक एउटा कुनै कुरा छैन। धनको आडमा बिभिन्न चरित्रहीन हर्कत गर्दै आएका ट्रंप आर्थिक रुपमा पनि निकै भ्रस्ट व्यक्ति हुन्। नक्कली ट्रंप बिस्वबिद्यालय बनाएर धेरैलाई ठगेको आरोपमा लागेको मुद्धामा २०१७ मा २५ मिलियन डलर तिरेर उम्केका ट्रंप ब्यबसायमा गरेका गलत कामका कारण न्यु योर्कमा करिव आधा बिलियन डलर जरिवानामा परेका छन्।
एक्सेस हलिउड टेपमा सेलिब्रेटीले जे गरे पनि छुट हुन्छ भनेर बिबादित ट्रंप करिव २ दर्जन महिलाहरुलाई दुर्ब्यबहार गरेको आरोप लागेको छ। त्यस्तै २०२० को निर्बाचनमा हारे पछि पनि सत्तामा रहिरहन बिभिन्न षड्यन्त्र गरेका थिए। ती षड्यन्त्र असफल भए पछि आफ्ना समर्थकहरुलाई डिसी बोलाएर कांग्रेसले गर्ने औपचारिक प्रमाणीकरण प्रक्रिया अबरुद्ध गर्न लगाएका थिए।
त्यसबाहेक मुद्धाहरुमा पनि उनि निकै कम्जोर छन्। धनी र ठुला कम्पनीहरुको आम्दानी कर घटाउने, गर्भपतनलाइ पूर्ण रुपमा गैरकानुनी बनाउने, बन्दुक किन्न झन् सजिलो बनाउने, आप्रबसिहरुलाइ अमेरिकाको लागि बिष भएको विचार राख्ने, गोराहरुको आधिपत्य स्थापित गर्ने, तानासाहहरुको पक्षपोसण गर्ने, अमेरिकाले लामो समय देखि निर्माण गरेका संस्थाहरुमा आक्रमण गर्ने जस्ता उनका क्रियाकलापले उनको विचार अमेरिकाको भबिस्य अन्धकार तर्फ धकेल्ने देखिन्छ। तर पनि “काल्पनिक आर्थिक प्रगति” को ललिपलले धेरै मान्छे झुक्किएको देखिएको छ। कानुनको शासनको उपहासले कसरी अमेरिका सहि मार्गमा जाला भन्ने मान्छेहरुले ठान्छन भन्ने गम्भीर प्रश्न छ।
तर जनजीविकाको सबालमा निकै राम्रा नीतिहरु प्रस्तुत गरेको डेमोक्र्याटिक पार्टीमा “बुढा बाइडेन” तगारो बन्न पुगेका छन्। यति धेरै समस्याहरु र चारित्रिक र आर्थिक रुपमा भ्रस्ट व्यक्ति पनि आम मान्छेको रोजाइमा पर्नु जति आश्चर्यको कुरा छ त्यति नै डेमोक्र्याटिक पार्टीले नयाँ नेतृत्व ल्याउन नसक्नुमा उदेक लाग्ने अवस्था छ।
आजै मात्र ट्रंपले आफ्नो उपरस्ट्रपतिमा जे डि भ्यांसलाइ नियुक्त गरेका छन्। यसले ट्रंप झन् साँघुरो यात्रा तर्फ अघि बढेको विश्लेषण गरिदैछ। खुला र उदार समाजलाई बिस्तारै एकांकी र दुनियाबाट अलग गर्ने प्रयत्न ट्रंपले गरेका छन्। यदि डेमोक्र्याटिक पार्टीले बेलैमा बुद्धि पुराएर अलि गतिलो उम्मेदवार उठाएन भने अमेरिकाको भबिस्य कस्तो होला भन्न नसकिने अवस्था देखिन्छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?

सेप्टेम्बर १५ मा टेक्सासका चितवनवासीहरुको पिकनिक

छाडा र विकृत बन्दै तीजका गीतहरु : समाधान के ?

डालसमा “कफी विथ नेपाल जर्नी” कार्यक्रम सम्पन्न

नेपाली सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्पको आबस्यकता किन ?




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907