क्रिकेटका गीतमा सङ्गीत संयोजनमा हिट साहस

काठमाडौँ । सबै विधाका सङ्गीत संयोजनमा पोख्त गायक तथा सङ्गीतकार साहस शाक्य क्रिकेट सम्बन्धी गीतमा पनि हिट भएका छन् । 

१० वर्ष अघि टी २० क्रिकेटका बेला  साहसले सङ्गीत संयोजन गरेको ताली बजाइदेऊ बोलको क्रिकेट गीत आज पनि उत्तिकै सुनिने हेरिने गीत हो । शम्भुजित बासकोटाको सङ्गीत र सन्तोष पौडेलको शब्द रहेको यो गीतमा कर्मा ग्याल्जेन बम्जन , सनुप पौडेल, र राज सिग्देलको स्वर रहेको छ । 

यसैबिच यस पटकको वर्ल्ड कप क्रिकेटमा सार्वजनिक भएका गीतहरू मध्य धेरै गीतको  सङ्गीत संयोजन गर्ने अवसरपनि साहसले नै पाएका छन् । टिम नेपाल , वर्ल्ड कपमा, चान्स पायो कि नेपालीले गर्छ र नेपाली क्रिकेट जिन्दावाद, नेपाली खेलाडी धन्यवाद बोल रहेका क्रिकेट गीतको सङ्गीत संयोजन शाक्यले नै गरेका हुन् । शाक्यले पृथ्वी खनालका तीन गीतमा सङ्गीत संयोजन गरेका छन् । जस्मा खनालको शब्द सङ्गीत रहेको छ ।  टिम नेपाल बोलको गीतमा रचना रिमालको स्वर  रहेको छ भने यसमा साहसले र्यापमा पार्श्व स्वर दिएका छन् ।   वर्ल्ड कप बोलको गीतमा खनाल र अस्मिता अधिकारीको पनि स्वर रहेको छ ।  चान्स पायो कि नेपालीले गर्छ बोलको गीतमा खनाल संगै  आर सी रिमाल र  शाक्यको स्वर छ । वर्ल्डकप सुरु हुने अघिल्लो दिन राती सार्वजनिक भएको नेपाली क्रिकेट जिन्दाबाद, नेपाली खेलाडी धन्यवाद बोलको गीतमा साहस सँगै ९ बर्षिय बाल गायिका शुदेश्ना शाक्यको स्वर रहेको छ । शुदेश्ना साहसकी छोरी हुन् । यो गीत प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । यो गीतलाई क्रिकेट प्रेमीहरूले असाध्यै रुचाएका छन् । यसको ड्यालस स्टेडियममा पुगेका नेपाली दर्शकहरूले आफ्नै तरिकाले भिडियो खिचेर अपलोड पनि गरेका छन् ।  यसको संगीत पनि शाक्यले आफै गरेका हुन् भने भिओ स्वर आवाजको दुनियाँको साथी दिनेश डिसीको रहेको छ ।

साहसको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको भिडियोले दुई दिनमा २५ हजार बढीको भ्युज पाएको छ । गीतमा आएका सकारात्मक कमेन्टले उत्साहित भएको साहसले बताएका छन् । छोटो समयमा तयार पारिएको गीतलाई कमेन्ट गर्नेहरूले साँच्चिकै क्रिकेट गान बनेको प्रतिक्रिया दिएका छन् । 

साहसले संगीत संयोजन गरेका ,फूलैफूलको थुंगो हुँदैन ,प्रिय तिम्रो सिउँदोमा, तिम्रै हातको सिन्दूर लाउँछु ,शिरैमा शिरबन्दी, म त मर्छु कि क्या हो ठूली, हङ्गामा भो , झकास झापाली , क्या दामी भो लगायत दर्जनौ गीत लोकप्रीय छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907