नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सन् १५६५ मा युरोपियन आप्रबासीहरुको फ्लोरिडामा सेटलमेन्ट शुरु गरे पछि शुरु भएको अमेरिका बसाइ सर्नेहरुको लर्को घटेको छैन, झन्झन् बढेको बढ्यै छ। सन् १६२० देखि १६८० सम्मको अबधिमा युरोपबाट ठुलो संख्यामा आप्रबासी अमेरिका आए जसलाई “द फस्ट ग्रेट माइग्रेसन” भनिन्छ जतिबेला करिव एक करोड आप्रबासी अमेरिका प्रवेश गरेका थिए। सन् १६१९ मा पहिलो पल्ट अफ्रीकाबाट २० जना अफ्रिकीहरुलाई दासको रुपमा अमेरिका ल्याइयो जुन क्रम सन् १८०७ मा दासको रुपमा अफ्रिकाबाट मान्छे ल्याउने कामलाई कांग्रेसले गैर कानुनी नबनाउन्जेल जारी रह्यो।
त्यसै गरी युरोप, अफ्रीका, एसिया र साउथ अमेरिकाबाट बिभिन्न जातिय र धार्मिक युद्धले अमेरिका आउने क्रम बढ्दै गयो। अमेरिका संलग्न भएका युद्धहरुको समयमा बाहेक अन्य बेलामा यो क्रम रोकिएन। अमेरिकी प्रजातन्त्र, धार्मिक र आथिक स्वतन्त्रता, अवसरको व्यापकता प्राय सबै देशबाट अमेरिका आउनेहरुको लागि आकर्षणको कारण बन्यो। कम्निस्ट शासन भएका मुलुक देखि तानाशाह भएका मुलुक मात्र होइन राम्रो प्रजातान्त्रिक व्यवस्था भएका देशहरुबाट पनि मानिसहरु अमेरिका सरे, अहिले पनि सरिरहेका छन्।


अमेरिकामा नेपाली आप्रबासीहरुको आगमन
बिक्रम सम्बत २०४६ साल अघि नेपालमा पंचायती शासन थियो। प्रत्यक्ष राजाको शासन हुनाले नेपाल बाहिरी बिस्वबाट करिव अलग जस्तै थियो। पासपोर्ट सबैलाई सुलभ थिएन। राज खानदान, नेता र ठुला कर्मचारी वा पहुँचवालाहरुको लागि मात्र भारत बाहिरको देश जाने सुबिधा थियो। अमेरिकी दुताबासका अनुसार जनरल कृष्ण राना जो सन् १९३९ मा लन्डनको भ्रमण गरेर नेपाल फर्किने क्रममा अमेरिकाको भ्रमण गरेका थिए। त्यस पछि पनि करिव ५० बर्ष अमेरिका आउने नेपालीहरुको संख्या निकै कम थियो। २०४६ को प्रजातान्त्रिक आन्दोलनले खुल्ला समाज निर्माण भए पछि मात्र अमेरिकामा नेपालीहरुको घनत्व बढ्दै गयो।
नेपाली विदेशिने क्रम बिक्रम सम्बत २०४६ पछि बढ्न थाले पनि २०५२ सालबाट नेपालमा शुरु गरिएको कथित माओबादी जनयुद्धले विदेशिने क्रमलाई तिब्र प्राप्त गर्यो। गाउँ घरमा बस्न नसकेका टाँठाबाठाहरु सहर पसे र शहरमा टिक्न नसके पछि विदेशिने क्रम तिब्र बन्यो। पृथ्वीको पल्लो भागमा रहेको अमेरिका पुग्ने सपना भने सन् २००० पछि मात्र तिब्र रुपमा बढ्यो। डीभी चिट्ठाको माध्यमबाट धेरै नेपालीहरु अमेरिका प्रवेश गर्ने अवसर प्राप्त गरे। डिभी मार्फत मात्र अहिलेसम्म हज्जारौं नेपाली अमेरिका आइसकेका छन्।
त्यसपछि पढ्नको लागि अमेरिका आउने नेपालीहरु बढ्न थाले। अमेरिकामा पढ्दै काम पनि गर्न पाइने र यतै सेटल हुन सजिलो आप्रबासी कानुनका कारण नेपाली बिद्यार्थीहरुको लागि पनि अमेरिका आकर्षक गन्तब्य बन्यो। अहिले पनि हज्जारौं नेपाली बिद्यार्थी प्रत्येक बर्ष अमेरिका प्रवेश गर्छन। नेपाली दुताबास काठमाडौँका अनुसार आर्थिक बर्ष २०२२/२३ मा मात्र १५ हजार भन्दा बढी नेपाली बिद्यार्थीहरु अमेरिका आएका थिए।
कानुनी रुपमा विभिन्न तरिकाले अमेरिका आउने क्रमसंगै गैर कानुनी रुपमा अमेरिका प्रवेश गर्ने क्रम बढ्न थाल्यो। बिशेष गरी मेक्सिकोबाट टेक्सास, एरिजोना र क्यालिफोर्निया हुँदै अमेरिका प्रवेश गराउने मानव तस्करहरुको संजालमा नेपालीहरु प्रवेश गरे पछि हज्जारौं नेपालीहरु अमेरिका प्रवेश गरिसकेका छन् र त्यो क्रम अझै जारी छ। नेपालका रुकुम लगायतका गाउँहरु रित्तिएर अमेरिका आएका समाचारहरु प्रसारित भैरहेका छन्। कठिन बन्दै गएको अमेरिकी सपनाको बाबजुद पनि करोड रुपैया सम्म तिरेर गैर कानुनी रुपमा अमेरिका प्रवेश रोकिएको छैन। सन् १९८६ पछि कुनै आप्रबासी कानुन नबनेको अमेरिकामा दरिलो कानुन नबनेसम्म यो क्रम रोकिने अवस्था छैन।
कुण्ठाग्रस्त नेपाली आप्रबासीहरु
अमेरिकामा नेपालीहरुको वृद्धि र यहाँ धेरै नेपालीहरुले उन्नति र प्रगति गर्दै स्थापित हुने क्रमसंगै कुण्ठाग्रस्त व्यक्तिहरुको संख्या पनि बढ्दै गएको छ। नेपालबाट आफै अबसरको खोजीमा कानुनी, गैर कानुनी वा हरेक तिकडम गरेर अमेरिका आएका र बसेका नेपालीहरु नयाँ आउनेहरु प्रति अनुदार बन्दै गएका छन्। आफु आउँदा अमेरिकालाई “योगदान” दिएको अर्थ लगाउने उनीहरु अरु आउँदा भने अमेरिकालाई “बोझ” भएको कुतर्क पेश गर्छन। त्यहि बोर्डर क्रस गरेर आएकाहरु समेत “डिजास्टर इन बोर्डर” भन्न लाज मान्दैनन।
अमेरिकाले पक्कै संधै सिमा खुल्ला गर्न सक्दैन र हुँदैन। यसले आफ्नो सीमाको सुरक्षा र गैर कानुनी वा शरण माग्नेहरुको लागि समयानुकुल कानुन निर्माण गर्ने पर्छ। तर त्यसको लागि आउने, आउन चाहने वा आएका आप्रबासीहरुलाई “अपमानित” गर्न आबस्यक छैन। एउटा नेपालीले अर्को नेपाली अमेरिका आउंदा “आफ्नो भाग खोसेको” अनुभव गर्न जरुरी छैन। “म आइहालें, अब बोर्डर बन्द गर्नुपर्छ” भन्नु जायज होइन। हरेक बर्ष लाखौँको संख्यामा भारत र चीन जस्ता देशहरुबाट अमेरिका आइरहेको सन्दर्भमा नेपालबाट आउने दुइ चार हजारमा आँखा लगाउन आबस्यक छैन।
पक्कै पनि यतिबेला ठुलो रकम खर्च गरेर अमेरिका प्रवेश गर्नु मुर्खता हो। बिशेष गरी करोड तिरेर सिमा नाघेर अमेरिका प्रवेश गरे पछिको चुनौतीको पहाड निकै ठुलो छ र यो नगर्नु नै श्रेयस्कर हुन्छ तर आउन चाहनेहरु माथि दुर्ब्यबहार गर्नु वा उनीहरुलाई “अमानाविकरण” गर्नु गलत काम हो। आप्रबासीहरुले नै निर्माण गरेको अमेरिकामा प्रभावकारी कानुनद्वारा नियन्त्रण र नियमन गरेर समस्या समाधान नगर्ने तर आप्रबासिहरुलाई अपमानित गदै राजनीतिको रोटि सेक्नेहरुको पछि लाग्ने नेपालीहरुलाई दोहोरो चरित्र भएका किन नभन्ने ?

विश्लेषण: लेखनाथ गौतम

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द

समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907