युलेश, टेक्सासमा नेपालमा पर्यटन प्रवर्द्धनको लागि कार्यक्रम हुँदै
जनवरी २६, २०२४
युलेश, टेक्सास
एन आर एन ए यु एस ए एन सि सि तथा यसको टेक्सास च्याप्टरले आउँदो फेब्रुवरि ४, २०२४ मा युलेस सिटीको पुस्तकालयमा नेपालमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले एक कार्यक्रम आयोजन गर्दैछ । युलेस सिटीका काउन्सिल सदश्य टीका पौडेलले सहजीकरण गर्नु भएको यो कार्यक्रम युलेश सिटीका मेयर लिण्डा मार्टिनको प्रमुख आतिथ्यमा हुनेछ ।
कार्यक्रमको बारेमा एन आर एन ए यु एस ए एन सि सिका उपाध्यक्ष तथा पर्यटन तथा व्यापार विभागको जिम्मेदारी समाल्नु भएका नेत्र पाण्डेले अमेरिकी नागरिक तथा अमेरिकामा बसोबास भएका नेपालीहरुलाई नेपालको साँस्कृतिक, भौगोलिक, प्राकृतिक सौन्दर्य आदि बिबिध पर्यटकीय आकर्षणका पक्षहरुको जानकारी गराई नेपाल भ्रमणको लागि तत्पर गराउने कार्यक्रमको लक्ष्य रहेको जानकारी गराउनु भयो ।
कार्यक्रमको बारेमा जानकारी दिंदै एन आर एन ए यु एस ए पर्यटन तथा व्यापार विभागका अध्यक्ष सबिन्द्र थापाले नेपालमा पर्यटन विकास गर्न प्रवासमा रहेका नेपालीहरुको सहभागिता तथा योगदान अति महत्वपूर्ण हुने र उहाँहरुको सहयोग तथा अत्यानुधुनिक प्रविधि मार्फत धेरै अमेरिकीहरुलाई नेपाल भ्रमण गर्न आकर्षित गराउन सकिने राय दिनु भयो ।
त्यसै गरि एन आर एन ए यु एस ए, टेक्सास च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईंले यस किसिमका गतिविधिहरुले अमेरिकी नेपालीलाई नेपालसंग भावनात्मक रुपमा जोडिरहन तथा अमेरिकी पर्यटक संख्या वृद्धि गर्न उल्लेखनीय योगदान दिन सक्ने विचार प्रकट गर्नु भयो ।
एन आर एन ए यु एस ए,ले यस किसिमका कार्यक्रमहरु अमेरिकाका बिभिन्न शहरहरुमा गर्ने लक्ष्य राखेको जानकारी प्राप्त भएको छ ।