अमेरिकी रास्ट्रपतिलाइ मार्ने धम्की दिने युटाहका व्यक्तिलाइ एफबीआइ मार्यो
डालस, अमेरिका।
अमेरिकी रास्ट्रपति जो बाइडेनलाइ मार्ने धम्की दिने एक जनालाई एफबीआइका बिशेष एजेन्टले मारिदिएका छन्। युटाह निबासी क्रेग रोबर्ट्सनले रास्ट्रपतिको भ्रमणको पुर्बसंध्यामा मार्ने धम्की दिएको जनाइएको छ। उनलाई पक्रिन गएको एफबीआइको टोलीले उनलाई पक्रने क्रममा मारिएको थियो। उनले रास्ट्रपति बाइडेनलाइ मार्न आफ्नो बन्दुक सफा गरेर बसेको आसयको कुरा अनलाइनमा व्यक्त गरेका थिए।
क्रेग बिरुद्ध रास्ट्रपतिलाइ मार्ने धम्की दिएको, सुरक्षा निकायको काममा दखल पुर्याएको लगाएतका अभियोगहरू थिए। उनले स्नाइपर राइफल अन्य विस्फोटक सामाग्रीहरु पनि संग्रह गरेका थिए।
बिगत केहि समय देखि क्रेगले सामाजिक संजालमा डेमोक्र्याटिक पार्टी समर्थक नेता, ट्रंपलाइ मुद्धा दायर गर्ने अभियोजक (प्रोसिक्युटर) हरु र एफबीआइ बिरुद्ध बिभिन्न खाले बिषबमन गर्ने गरेका थिए। उनले समय समयमा निकै डरलाग्दा धम्कीहरु दिने गर्थे जुन एफबीआइले अनुसन्धान गरिरहेको थियो। एफबीआइले यो कारबाही बाध्यकारी भएको तर यसको बिस्तृत छानबिन भैरहेको जनाएको छ।