अमेरिकामा मीटु आन्दोलनले खायो धक्का, जोनी डेपले जिते मुद्धा

भर्जिनिया, अमेरिका। जोनी डेपले एम्बर हर्ड बिरुद्ध मानहानीको मुद्धामा आंशिक बिजय हाँसिल गरेका छन्। उनले ५० मिलियन डलर क्षतिपुर्ति दावी गर्दै उनले अदालतमा मुद्धा दायर गरेको थिए। तर अदालतले जम्मा १५ मिलियन डलर क्षतिपुर्ति भर्ना एम्बर हर्डलाइ आदेश दिएको छ भने एम्बर हर्डले पनि मुद्धा हालेर आफुलाई मानहानी गरेको आरोपमा १०० मिलियन डलरको क्षतिपुर्ति माग गर्दै उल्टो मुद्धा हालेकी थिइन। तर उनलाई भने जम्मा दुइ मिलियन डलरको क्षतिपुर्ति भर्न अदालतले जोनी डेपलाइ आदेश दिएको छ। भर्जिनियाको नियम अनुसार भने जोनी डेपले जम्मा १०.३५ मिलियन डलर क्षतिपुर्ति पाउनेछन।
२०१८ मा एम्बर हर्डले वाशिंटन पोस्टमा एउटा लेख प्रकाशित गरेकी थिइन जसमा जोनी डेपलाइ घरेलु हिंसा गरेको आरोप लगाइएको थियो। उक्त लेख छापिए पछि जोनी डेपको चर्को आलोचना भएको थियो। सो लेखले आफ्नो मानहानी गरेको, बिबाहको अबधिमा आफु उल्टो एम्बर हर्डबाट हिंसामा परेको भन्दै उनले मानहानीको मुद्धा दायर गरेका थिए। उनले मुद्धा हाले पछि एम्बर हर्डले अदालतमा निकै लज्जित हुनु परेको थियो भने त्यसले आफ्नो इज्जतमा क्षति पुगेको भन्दै जोनी डेप बिरुद्ध एम्बर हर्डले उल्टो मुद्धा हालेकी थिइन। त्यसको लागि जुरीले २ मिलियन डलरको क्षतिपुर्ति जोनी डेपलाइ तिराएको छ।
अमेरिकाको न्यायिक दुनियामा यो निकै हाइ प्रोफाइल केस थियो। यसको सुनुवाई करिव ६ हप्ता सम्म चलेको थियो भने यसलाई करोडौं दर्शकहरुले लाइभ हेरेका थिए। हलिवुडका प्रख्यात स्टारहरुको व्यक्तिगत जीवन छताछुल्ल भएको उक्त लाइभ सुनुवाइमा दुवै जनाले एक अर्काले कसरी आफुलाई हिंसा गरेका थिए भनेर आरोप लगाएका थिए।
एम्बर हर्डले लेखेको उक्त लेखमा उनले जोनी डेपले यौन हिंसा गरेको उल्लेख नगरे पनि सुनुवाइको क्रममा भने आफु डेपबाट यौन हिंसामा परेको भन्दै रोइकराइ समेत गरेकी थिइन्। २०१५ मा बिबाह गरेका यो जोडी एक बर्षमै सम्बन्ध बिच्छेद भएको थियो। सुनुवाइको क्रममा डेपले आफुले त्यस्तो नगरेको बरु एम्बर हर्डबाट आफु पिडित भएको भन्दै प्रमाणहरु समेत पेश गरेका थिए।
जुरीको निर्णयले आफु स्तब्ध भएको र यसले महिलाहरु अघि आउँदा झन् बेइज्जत हुन्छ भन्ने संदेश बाहिर गएको भन्दै जुरीको निर्णयको आलोचना गरेकी छिन। डेपले भने आफ्नो २०१६ देखि लुटिएको जिन्दगी फिर्ता भएको भन्दै खुसि व्यक्त गरेका छन्। समग्र सुनुवाइको क्रममा डेपकी अधिबक्ता क्यामिल भास्केजको प्रस्तुतिले धेरै मानिसहरु प्रभावित भएका थिए भने सामाजिक संजालमा एम्बर हर्डको चर्को आलोचना र जोनी डेपको लागि न्याय हुनुपर्छ भनेर आवाज उठेको थियो। रिपोर्ट: लेखनाथ गौतम

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907