युक्रेनमा रुसी अतिक्रमण, अमेरिकाले आर्थिक प्रतिबन्ध लगाउने
वाशिंगटन डिसी, अमेरिका।
युक्रेनमा रुसले अतिक्रमण शुरु गरेको छ। रुसी रास्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई युक्रेनको पुर्बी भागमा पृथकताबादी आन्दोलन चलाइरहेका क्षेत्रहरुमा “शान्ति सेना” को रुपमा प्रवेश गर्न आदेश दिए पछि औपचारिक रुपमा युक्रेनमा रुसी अतिक्रमण भएको हो। रसियाको उक्त कदमको अमेरिका, नेटो र युरोपियन युनियनले भर्त्सना गर्दै प्रतिकार गर्ने जनाएका छन्। उनीहरुले आर्थिक प्रतिबन्धको घोषणा समेत गरेका छन्। अमेरिकी रास्ट्रपति जो बाइडेनले एक टेलिभिजन सम्बोधन मार्फत आर्थिक प्रतिबन्धको घोषणा गरेका छन्।
“रसियाको यो कदम युक्रेन माथिको अतिक्रमणको शुरुवात हो” भन्दै बाइडेनले रसियन बैंक, आर्थिक क्षेत्र र धनि रसियनहरुमाथि पहिलो चरणको आर्थिक प्रतिबन्धको घोषणा गरेका छन्। उनले रसियाले युक्रेन माथिको अतिक्रमणको गहिरो मूल्य चुकाउने चेतावनी दिंदै युरोप र बाल्टिक क्षेत्रमा रहेका आफ्ना सैन्य स्थापनाहरुलाई सक्रिय र मजबुत बनाउन आदेश दिएका छन्। आफु रसियालाई आक्रमण गर्ने मनसायमा नरहेको स्पस्ट गर्दै आफ्ना सबै गतिबिधि प्रतिरक्षात्मक मात्र हुने रास्ट्रपति बाइडेनले उल्लेख गरेका छन्।
बेलायतले रसियाका पांच मुख्य बैंकका गतिविधिहरुमा रोक लगाएको छ। जर्मनीले पनि रसियासंगको पाइपलाइनको काम स्थगित गरेको छ। युरोपियन राष्ट्रहरुले पनि रसिया माथि आर्थिक नाकाबन्दीको घोषणा गरेका छन् यद्यपि रसियालाई घुंडा टेक्ने गरि नै कुनै आर्थिक नाकाबन्दी नगरिएको पर्यबेक्षकहरुले जनाएका छन्।
युक्रेनको पुर्बी क्षेत्रमा रसियन सेनाको प्रवेशसंगै युरोपमा युद्धको बादल मडारिएको छ। युक्रेनको नेटोमा समाहित हुने चाहना र पुटिनको त्यो क्षेत्रमा आफ्नो प्रभाव बिस्तार गर्ने महत्वाकान्क्षाले ठुलै युद्धको रुप लिने त होइन भन्ने त्रास बिस्वमा बढेको छ भने तेलको मुल्यबृद्धि र शेयर बजारमा देखिएको उच्च गिरावटले आर्थिक संकटको गहिरिंदै जाने खतरा बढेको छ। कोरोन भाइरसको महामारीले थलिएको बिस्वको अर्थब्यबस्था युद्धको त्रासले झन् थिलोथिलो हुने देखिएको छ। यस्तो अबस्थामा रसियालाई उसको सुरक्षा चासोमा आस्वस्त तुल्याउन आबस्यक छ भने कुनै देशमाथिको अतिक्रमण कसैलाई सैह्य हुँदैन भन्ने संदेश पुटिनलाइ दिन समेत जरुरी छ।