टिका पौडेलले रचे अमेरिकामाइतिहास
नेपालीहरुको घना बस्ति रहेको टेक्सासको युलेस सिटि काउन्सिलमा चितवन निवासी टिका पौडेल बिजयी भएका छन्। यस अघि उक्त सिटमा सलमान भोजनी थिए र मे २०२१ मा उनको अबधि समाप्त भएको थियो। युलेस सिटिमा ६ वटा सिटि काउन्सिल पदहरु छन् जसमा नेपाली समुदायका सहि अर्थका समाजसेवी टिका पौडेलले चुनाव जितेर इतिहास रचना सफल भएका छन्।
पौडेलको बिजयले नेपाली समुदायमा उत्साहित तरंग पैदा गरेको छ। यो अभियानमा नेपाली समुदायका धेरै व्यक्तिहरुले निकै सक्रियतापुर्बक लागेर सफलता प्राप्त गरेको जानकारी गराउंदै नबनिर्बाचित काउन्सिल पौडेलले नेपालीहरुको साथसाथै समग्र युलेसबासीको हितमा काम गरेर उदाहरण पेश गर्नु पर्ने चुनौती आफुमा आएको बताउनु भयो।
युएण्डनेपालसंगको छोटो कुराकानीमा सिटि काउन्सिलमा गए पछि त्यहाँको भित्री कुरा थाहा हुने र त्यसले सिटिले प्रदान गर्ने सुविधाहरु बारे नेपाली समुदायलाई जानकारी गराउन आफुले पुलको काम गर्ने कुरा स्पस्ट पार्नु भयो। नेपाली, पाकिस्तानी, भारतीय मात्र होइन रैथाने अमेरिकीहरुको समेत आफुलाई मत प्राप्त भएकोमा खुशी सहित आफ्नो दायरा फराकिलो पार्नु पर्ने चुनौती समेत थपिएको पौडेलले बताउनु भयो। सिटीले आफ्ना नागरिकहरुका लागि धेरै सामाजिक कार्यक्रमहरु संचालन गर्ने तर सूचना र पहुँचको अभावमा नेपालीहरु त्यसबाट त्यति लाभान्वित हुन नसकेको भन्दै अब त्यसो नहुने अवस्था आएको जानकारी गराउनु भयो। साथै सम्पूर्ण नेपालीहरुलाई यो जितको लागि धन्यवाद समेत व्यक्त गर्नु भएको थियो।