सङ्गीत प्रवीण नरराज ढकालको सम्झनामा साङ्गीतिक कार्यक्रम


भक्तपुर, माघ २५ ।  भक्तपुरमा साङ्गीतिक कार्यक्रम गरी शास्त्रीय सङ्गीतज्ञ स्वर्गीय सङ्गीत प्रवीण नरराज ढकालको स्मरण गरिएको छ ।

शास्त्रीय सङ्गीतप्रेमीहरूको दुई संस्था आराधना सङ्गीत समूह र सङ्गीत ग्राम गुरुकुल नेपालको संयुक्त आयोजनामा सङ्गीत ग्रामको प्रशिक्षण केन्द्रमा शास्त्रीय गायन र बाद्यवादनसहित ढकालको स्मरण गरिएको हो । नेपाली शास्त्रीय सङ्गीतका पर्याय सङ्गीतज्ञ नरराज ढकालले नेपाली सङ्गीत क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

आठ बर्षीय सौम्य कछिपतिको गणेश बन्दनाबाट कार्यक्रमको शुरुआत गरिएको थियो । उहाँलाई तबलामा महेन्द्र सिङ्ख्वाल र हारमोनियममा सुनिल लोहलाले साथ दिनुभएको थियो । कार्यक्रममा सितारबादक अनिल धितालले राग बृन्दावनी सारङ्गमा आधारित सुर बहार प्रस्तुत गर्नुभयो । तबलामा भक्तपुरकै चर्चित तबलाबादक अनन्त प्रजापतिले साथ दिनुभएको थियो । कार्यक्रमको प्रमुख प्रस्तुतिको रुपमा सङ्गीत प्रवीण नरराज ढकालका सुपुत्र द्वय प्रभुराज ढकाल र प्रतिकराज ढकालले राग भीमपलासीमा आधारित शास्त्रीय गायन प्रस्तुत गर्नुभएको थियो ।

शास्त्रीय सङ्गीतको बिकासको लागि यस्ता कार्यक्रम एउटा कोषेढुङ्गा हुनसक्ने शास्त्रीय गायक प्रभुराज ढकालले बताउनुभयो । यस्ता कार्यक्रम त्रैमासिक रुपमा निरन्तर अगाडि बढाउने कार्यक्रम संयोजक, आराधना सङ्गीत समूहका प्रमुख सदस्य शम्भोचरण राजभण्डारीले बताउनुभयो । कार्यक्रममा भक्तपुरका वरिष्ठ सङ्गीतकर्मी बद्री नारायण ताम्राकार, भक्तपुर साङ्गीतिक समाजका अध्यक्ष प्रबिन शाही, सङ्गीत प्रशिक्षक बिजय कायस्थ, सङ्गीत प्रबर्धक अल्बर्ट बज्राचार्य, उद्यमी चन्द्रप्रसाद कछिपति, गायक कपिल कसपाल, रोशन धौभडेल, सङ्गीतकार सुमन रञ्जितकार लगायतका भक्तपुरका कलाकारहरूले सङ्गीत श्रवण र गुरु नरराज ढकालप्रति श्रद्धा अर्पण गर्नुभएको थियो ।

भक्तपुर साङ्गीतिक समाजका अध्यक्ष प्रबिन शाहीले सङ्गीतमा अनेक धारहरू आए पनि यसको मुख्य आधार शास्त्रीय सङ्गीत रहेकोले यसको महत्व कहिल्यै कम नहुने र सबैले शास्त्रीय सङ्गीतको ज्ञान राख्नुपर्ने बताउनुभयो । सङगीत ग्राम गुरुकुल कार्यक्रममा सङ्गीतप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सङ्गीत ग्राम गुरुकुल नेपाल र आराधना सङ्गीत समूहले यसअघि पनि वरिष्ठ तबलाबादक स्वर्गीय रबिनलाल श्रेष्ठको सम्झनामा यस्तै खालको शास्त्रीय बादन र गायनको कार्यक्रम आयोजना गरेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?

सेप्टेम्बर १५ मा टेक्सासका चितवनवासीहरुको पिकनिक

छाडा र विकृत बन्दै तीजका गीतहरु : समाधान के ?

डालसमा “कफी विथ नेपाल जर्नी” कार्यक्रम सम्पन्न

नेपाली सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्पको आबस्यकता किन ?




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907