ट्रंप बिरुद्ध महाअभियोग पत्र तयार गर्न सभामुख पेलोसीको निर्देशन

वाशिंगटन डिसी, अमेरिका । अन्ततः रास्ट्रपति ट्रंपमाथि महाअभियोग लगाइने नै भएको छ । सभामुख नेन्सी पेलोसीले रास्ट्रपति डोनाल्ड ट्रंपले आफ्नो पदको दुरुपयोग गरेको पर्याप्त प्रमाण फेला परेको भन्दै उनीविरुद्ध महाअभियोग पत्र दर्ता गर्न सम्बन्धित संसदीय समितिलाई निर्देशन दिएकि छिन । ट्रंपलाइ डेमोक्र्याटहरुले घृणा गर्ने भएकोले सानोतिनो कुरामा निहु खोजेर महाअभियोग लगाउन खोजेको त होइन भन्ने पत्रकारहरुको प्रश्नमा आफु कसैलाई घृणा नगर्ने तर संविधानको पालन गर्ने आफ्नो कर्तब्य पुरा गरेरै छोड्ने बताएकी छन् । पेलोसीको यो घोषणा संगै अमेरिकाको करिव २४० बर्षको इतिहासमा महाअभियोग लाग्ने तेश्रो रास्ट्रपति ट्रंप हुने भएका छन् ।


करिव दुइ महिना अघि देखि प्रतिनिधिसभामा महाअभियोग सम्बन्धि अनुसन्धान अघि बढाइएको थियो । गोप्य र सार्बजनिक सुनुवाई सकिए पछि यहि डिसेम्बर २ मा मात्र हाउस इन्टेलिजेन्स समितिले ३०० पेज लामो अनुसन्धानको प्रतिबेदन न्यायिक समितिमा पठाएको थियो । न्यायिक समितिले संबिधानविद एबम बिज्ञहरुको राय लिएको थियो भने सुनुवाइमा बोलाइएका ४ जना मध्ये ३ जनाले महाअभियोग लगाउन प्रयाप्त प्रमाण रहेको भन्दै बाटो प्रशस्त गरिदिएका थिए । एक जनाले भने रास्ट्रपतिको काम सहि नभए पनि महाअभियोग नै लगाउने अपराध भने नगरेको भन्दै यसले गलत परिपाटी बस्ने तर्फ सचेत गराएका थिए ।

अबका केहि दिन तल्लो सदनका डेमोक्र्याटहरुले महाअभियोग पत्र तयार पारेर आउँदो क्रिश्मस अघि नै तल्लो सदनको पूर्ण इजलासमा अभियोग पत्र माथि मतदान हुनेछ । अहिले सम्मको परिस्थिति हेर्दा मतदान पार्टी लाइन अनुसार नै हुने देखिन्छ । सम्पूर्ण डेमोक्र्याटहरु महाअभियोगको पक्षमा देखिन्छन भने रिपब्लिकनहरु यसको बिपक्षमा । एकजना पनि रिपब्लिकनले समर्थन नगरेको यो महाअभियोग प्रस्ताव विभाजित राजनीतिलाई झनै विभाजित बनाए पनि दुवै पार्टीका समर्थकहरु पछि हट्ने मूडमा भने देखिन्नन् । प्रस्ताव पारित हुने पक्कापक्कि जस्तै भएको अबस्थामा अब ट्रंपमाथि महाअभियोग लाग्ने र त्यसको छिनोफानोको लागि रिपब्लिकनहरुको बहुमत भएको माथिल्लो सदन अर्थात् सिनेटमा जानेछ ।


सिनेटमा रिपब्लिकनहरुको बहुमत भएर नै ट्रंपले हाउसमा छिटो काम सकेर सिनेटमा पठाउन चुनौती दिएका छन् । तल्लो सदनमा पक्षपातपूर्ण तरिकाले काम भएको आरोप लगाउंदै ट्रंपले सिनेटमा आफुले न्याय पाउने र त्यहाँ डेमोक्र्याटहरुका ठुला नेताहरुलाई उभ्याउने चेतावनी दिएका छन् । संसदीय समितिहरुमा बहुमत प्राप्त पार्टीको अध्यक्ष रहने, सोहि पार्टीका धेरै सदस्य हुने र प्रक्रिया तोक्ने सम्पूर्ण अधिकार अध्यक्षलाइ नै हुने हुनाले सिनेटमा आफ्नो भने अनुसार काम हुने ट्रंपको बुझाइ देखिन्छ । अहिले सम्मको स्थितिमा सिनेटका रिपब्लिकनहरुले तल्लो सदनले अनुसन्धान गरेको ट्रंपको युक्रेन घटना भन्दा पनि जो बाइडेन र उनका छोरा हन्टर बाइडेन बारे बढी अनुसन्धान गर्ने रुचि देखाउंदै आएका छन् । यी घटना हेर्दा ट्रंप सिनेटबाट मुक्ति पाउने देखिन्छन । महाअभियोग प्रक्रियामा तल्लो सदन अभियोगकर्ता र सिनेटले निर्णायकको काम गर्ने अमेरिकी संबैधानिक व्यवस्था छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907