US AND NEPAL
MENU
लिभरपुलको जितमा मोहमद सलाह र डिभोक ओरिगीले एक एक गोल गरेका थिए । सलाहले खेलको दोस्रो मिनेटमा नै लिभरपुलले पाएको विवादस्पद पेनाल्टीलाई गोलमा परिणत गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८७औ मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । अरिगि सब्सिच्युट खेलाडिको रुपमा मैदान छिरेका थिय ।
सलाहले गरेको गोलले च्याम्पियन्स लिगको फाइनल खेलमा इतिहांस रचेको छ । उनले गरेको गोल लिगको फाईनलमा दोस्रो सबै भन्दा छिटो गोल बनेको छ । यस अघि सन् २००५ मा लिभरपुलविरुद्ध एसी मिलानबाट खेल्दै पाओलो माल्दिनीले ५० सेकेन्डमा गोल गर्दै फाइनलमा छिटो गोल गर्ने रेकर्ड बनाएका थिए । जितसँगै लिभरपुलले छैठौ पटक च्याम्पियन्स लिग (युरोपियन कप) जितेको छ । अहिलेसम्म सब भन्दा धेरै पटक च्याम्पियन्स लिग जित्ने रेकर्ड भने रियल म्याड्रिडको नाममा रहेको छ ।रियल म्याड्रिडले १३ पटक च्याम्पियन्स लिग जितेको छ भने एसी मिलानले ७ पटक, लिभरपुलले ६ पटक, बार्सिलोना र बायर्न म्युनिखले ५-५ पटक च्याम्पियन्स लिग जितेका छन् ।
खेलको २ मिनेटमै गोल खायको टोटनहाम जुन लक्ष्यका साथ मैदान छिरेको सोहि अनुरुपको प्रतिफल निकल्न सकेन । समग्रमा राम्रो खेल खेलेको टोटनहामको बाधक लिभरपुलका गोल किपर बने । टोटनहामका दर्जनौ प्रहार लिभरपुलका किपरले नियन्त्रणमा ल्यायका थिय ।
युलेस, टेक्सास। नेपालीहरुको महान चाड दशैं तथा शुभ दिपावलीको अबसरमा यहाँ एक भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। युलेस सिटीको भलिबल…
डालस, टेक्सास। अमेरिकाको टेक्सस डालसमा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम सहितको रिदम नाईटस् हुने भएको छ । दशै र तिहारको…
घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो।…
डालस, टेक्सास। डालसमा यसबर्ष पनि मोमो फेस्टिभल हुने भएको छ। गतबर्ष पनि निकै भव्यतापुर्बक मोमो फेस्टिभल सम्पन्न भएको थियो। दशैं…
काठमाडौं । फागुन २९ गते प्रदर्शनमा आउने मिलन चाम्स निर्देशित नेपाली चलचित्र ‘अञ्जिला’मा रहने बिषयगत शिर्ष गीतका लागि निमार्ण टिमले…