आज बुद्ध जयन्ती
आज शुक्ल पूर्णिमा अर्थात २५६३ औँ बुद्ध जयन्ती।
भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी धुम धाम का साथ बुद्ध जयन्ती मनाईदै छ। भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा पनि मन्ने गर्छन् ।
कपिलबस्तुका शाक्यबंसीय राजा सुद्धोधन र रानी मायादेविका पुत्रका रुपमा बैशााख शुक्ल पुर्णिमाका दिन लुम्बिनीमा जन्मिएका राजकुमाार सिद्धार्थ गौतमबुद्धले बुद्ध पुर्णिमाकै दिन भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए ।२९ बर्षको उमेरमा घर त्यागेर ज्ञानको खोजीमा हिडेका सिद्धार्थलाइ ३५ बर्षकै उमेरमा बुद्धत्व प्राप्त भएको थियो ।
जन्म व्याधि, जरा र मृत्यु चार सत्यलाइ बुद्ध दर्शनमा व्याख्या गरीएको छ । त्यस्तै हिंसा नगर्नु,झुठो नबोल्नु, चोरी नगर्नु, पद्यपान नगर्नु र यौन व्यभिचार नगर्नु बुद्धका पञ्चशील ज्ञान हुन ।बुद्ध पुुर्णीमाका दिन आज बुद्ध जन्मस्थल लुम्बिनी कपिलबस्तुको तिलौराकोट, नवलपराासीको रामग्रााम, रुपन्देहीको देवदह देशका बिभिन्न स्थानका भगवान बुद्धको पुजा, ध्यान गरी बुद्ध जयन्ती मनाइदै छ ।