डालस नजिकको युलेस सिटीमा खुल्यो अर्को नयाँ नेपाली रेस्टुरेन्ट
डालसमा नेपालीहरुको बस्ति बाक्लो भए संगै व्यापार ब्यबसायको विस्तार समेत हुँदै गएको छ । यहि क्रममा डालस नजिकै रहेको युलेस सिटिस्थित नर्थ मेन स्ट्रिटमा “द गुर्खा बार एंड ग्रिल” को नाममा अर्को रेस्टुरेन्ट खुलेको छ । नेपाली प्रौढहरुलाई “ह्याङ्ग आउट” गर्न गतिलो थलो नभएको गुनासो बीच यो बार एंड ग्रिलको संचालनले त्यो आबस्यकता पुरा हुने अनुमान गरिएको छ ।
फेब्रुअरी १ तारिकका दिन युलेस सिटीका मेयर लिण्डा मार्टिनले रेस्टुरेन्टको उद्घाटन गरेकी थिइन भने च्याम्बर्स अफ कमर्सका पदाधिकारीहरु लगायतको समेत उद्घाटन कार्यक्रममा उपस्थिति थियो ।
रेस्टुरेन्टले स्थानीय नेपालीहरुको समुदायमा प्रतिनिधित्व गर्ने संचालक मध्यका एक दिलिप ज्ञवालीले जानकारी दिनु भयो । लामो समय देखि रेस्टुरेन्ट ब्यबसायको पर्याय बनेका नारायण कंडेलको “हातमा जादु” रहेको भन्दै त्यो रेस्टुरेन्टको खानामा झल्किने ज्ञवालीले उल्लेख गर्नु भयो । नेपाली त छंदैछ पाकिस्तानी ग्राहक तान्ने पनि योजना रहेको ज्ञवालीले जानकारी गराउनु भयो । खानामा जादु हाल्न सिपालु नारायण कंडेल सेफ मात्र नभएर रेस्टुरेन्ट संचालक मध्येका एक हुनुहुन्छ ।
द गुर्खा बार एंड ग्रिलमा बिहान “बफे” को व्यवस्था छ भने अर्डर अनुसार दिनभरी खाना सर्भ गरिन्छ । ग्रिलमा नेपाली, भारतीय, पाकिस्तानी खाना उपलब्ध छ । त्यस्तै जन्मदिन, बार्षिक समारोहहरु जस्ता अबसरहरुको लागि करिव ३०० जना अट्ने हल समेत संगसंगै छ । नेपालीहरुका परिवारहरुको आकार बढिरहेको सन्दर्भमा निसुल्क उपलब्ध हुने यस्ता हलले नेपाली समुदायको सेवा समेत हुने संचालकहरुको भनाइ छ ।