युएनएले डिसेम्बर २२ मा भेटघाट कार्यक्रम गर्ने
युएसएंडनेपाल सम्बाददाता
डालस, टेक्सास
अमेरिकामा बस्ने नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित हुन सहयोग गर्ने उद्देस्य लिएर गठित युनाइटेड नेपाली एसोसिएसनले यहि डिसेम्बर २२ सनिबार मिट एंड ग्रीट अर्थात् समुदायसंग भेटघाट कार्यक्रम गर्ने भएको छ । युएनए कार्यसमितिका अध्यक्ष बिएन पन्तका अनुसार उक्त अबसरमा आगामी समरमा न्युयोर्कमा हुने चौथो सम्मेलन र युएनएले गरिरहेका कामको बारेमा जानकारी गराइनेछ ।
युएनए स्थापना युबाहरुलाई मुलधारमा प्रवेश गर्न चाहिने सम्पूर्ण सहयोग उपलब्ध गराउने उद्देश्यले गठन गरिएको संस्था हो । यसको पहिलो सम्मेलन क्यालिफोर्नियामा भएको थियो भने दोश्रो र तेस्रो डालसमा सम्पन्न भैसकेको छ । डिसेम्बर २२ मा हुने मिट एंड ग्रिट कार्यक्रममा युएनएले गरेका गतिबिधि बाहेक नेपाली बैज्ञानिक प्रमोद रेग्मिसंगको अन्तरक्रिया एबम सांस्कृतिक प्रस्तुतिहरु समेत रहने संस्थाले जनाएको छ । उक्त कार्यक्रमको संयोजक अन्सुल श्रेष्ठ हुनुहुन्छ ।
कार्यक्रममा एमआइटी देखि युनिभर्सिटी अफ अस्टिनमा अध्यनरत १४ जना नेपाली युबाहरुको समेत सहभागिता रहनेछ । संस्थाका संस्थापक अध्यक्ष पासांग लामाले समेत उक्त अबसरमा आफ्ना विचार व्यक्त गर्ने कार्यक्रम रहेको छ ।
युएनए अमेरिकामा स्थापना भए पनि यसको विस्तारसंगै अन्य देशहरुमा समेत शाखा स्थापना गर्दै ती देशहरुमा बसोबास गर्ने नेपाली युबाहरुलाई समेत मुलधारमा ल्याउन सहयोग गर्ने संस्थाको योजना रहेको छ ।