एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने

काठमाडौँ , १७ असोज (रासस) : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् ।

आज बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले सो निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले व्यावसायिक क्लबमा समेत काम गर्दै आएका थिए । बैठकले रेफ्री कमिटीका सदस्य सुरेन्द्र सिख्राकारलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्कालाई दुव्र्यवहार गरेको भन्दै एन्फाले सिख्राकारलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला फुटबल सङ्घ र ए डिभिजन क्लबलाई मासिकरुपमा बल उपलब्ध गराउने निर्णय पनि गरेको प्रवक्ता राईले बताउनुभयो ।

तेस्रो हेलम्बु ट्रेल म्याराथन कात्तिक ६ गते 

हिमालयन स्पोर्टस क्लबले आगामी कात्तिक ६ गते ‘तेस्रो हेलम्बु ट्रेल म्याराथन’ प्रतियोगिता गर्ने भएको छ ।

क्लबले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा फुल म्याराथन, पाँच किमी खुला दौड, पाँच किमी वाकाथन गरी तीन विधालार्य प्रतियोगितामा समावेश गरिएको जानकारी दिइयो । कात्तिक ६ गते कुटुमसाँगुबाट शुरु हुने म्याराथन स्नोफल माउन्टेन रिसोर्ट हेलम्बुमा पुगेर समापन हुने क्लबका अध्यक्ष छिरिङ लामाले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुन फुल म्याराथनतर्फ रु चार हजार ५०० शुल्क तोकिएको छ । यसैगरी पाँच किलोमिटर दौड तथा पाँच किलोमिटर वाकथनमा सहभागिता शुल्क रु एक हजार तोकिएको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करीब ५०० खेलाडीको सहभागिता रहेन अपेक्षा आयोजकको छ । सो शुल्क तिरेबापत आयोजकले सहभागीलाई खाना र यातायात सुविधा उपलब्ध गराउनेछ । प्रतियोगिताको विजेतलाई रु २५ हजार, दोस्रो हुनेलाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

हेलम्बुमा उच्च पर्वतीय खेलकूद तालीम केन्द्र स्थापना गरी नेपालको खेल क्षेत्र र खेल पर्यटनको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घीय सांसद शेरबहादुर तामाङले बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907