डालसका पत्रकारहरुले पुर्ब प्रम भट्टराईसंग अन्तरक्रिया गरे

डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा आज दिउसो पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसंग अन्तरक्रिया गरियो । छोटो समयको जानकारी र तयारीमा गरिएको उक्त भेटघाटमा डालस वरपर बस्ने करिव एक दर्जन पत्रकारहरुको उपस्थिति थियो ।


१२ बजे शुरु गर्ने भनिएको कार्यक्रमको तयारी समयमै गरिएको थियो । अतिथिद्वय बाबुराम भट्टराई र हिसिला यमी आए पछि केहि अनौपचारिक कुरा भए । केहि बेरमै कार्यक्रम शुरु भयो । आफु अमेरिकामा भन्न आएको नभएर सुन्न आएको हो भने पनि शुरुमा उनकै भनाइबाट कार्यक्रमको औपचारिक शुरुवात गरियो ।


खासै नयाँ कुरा बाबुरामले भनेनन् । बिगत केहि समय देखि नयाँ शक्ति पार्टी खोलेर बसे पछि उनले व्यक्त गरेका कुराहरु नै त्यहाँ आए । आफु फेरिएको कुरा उनले गर्न छुटाएनन । नेपालमा राजनीतिक परिबर्तनको चरण समाप्त भएको र आर्थिक उन्नतिको बेला शुरु भएको भन्ने नै उनको आधारभूत भनाइ थियो । भारत र चीन बिचमा रहेको नेपालले ती दुइ ठुला रास्ट्रहरुको पुलको रुपमा काम गरेर आर्थिक उन्नति गर्नु पर्ने धारणा राखे ।


आर्थिक पत्रकार संजय घिमिरेले सोधेको “नेपाल बन्छ कि बन्दैन?” भन्ने प्रश्नमा बन्नु पर्छ भने पनि कसरी बन्छ भन्ने कुनै उपाय सुझाउन सकेनन । बन्छ भनेर झिनो आशा देखाए पनि वर्तमान सरकारले नै देश बनाउछ भनेर आफु धेरै आशाबादी नभएको असन्तुस्टी पोखे । ६ महिना धेरै त होइन तर बिहानीले दिनको संकेत गर्छ भन्ने उखानलाई विश्वास गर्ने हो भने यो सरकारबाट धेरै आशा गर्ने ठाउँ नरहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले अरिंगालले झैँ जाइलाग्न आफ्ना कार्यकर्ताहरुलाई आव्ह्वान गरेको प्रसंगमा पनि उनले त्यसो भन्नु गल्ति भएको भनेर ओलीको आलोचना गरे ।
पत्रकारहरुका कुराहरु धैर्यतापुर्बक सुनेका भट्टराइले उत्तर मिठो तर बनिबनाउ दिए । हज्जारौं नेपालीहरुको ज्यानको बलि चढाएको जनयुद्ध र त्यसपछि नेपालले प्राप्त गरेका उपलब्धिहरुबाट खासै गर्ब गर्न नसके पनि १० बर्षे जनयुद्ध जायज थियो भन्ने तर्क भने गर्न पछि परेनन् । आफुले गरेका गल्ति ढाकछोप गर्ने, अरुले गरेका गल्तीहरुलाई उचाल्ने नेपाली राजनीतिको रोगबाट मुक्त हुन खोजे जस्तो देखिन खोजे पनि आफुले जनयुद्धको क्रममा गरेका गल्तिहरु स्वीकार गर्न चाहेनन् । बोल्ने क्रममा हिसिला यमीले युद्धको बेला भएका मृत्युहरुमा माफी माग्न नपर्ने र माफी नमाग्ने कुरा व्यक्त गरिन । बाबुराम भट्टराईले पनि सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत युद्धकालिन घाउहरु पुर्नु पर्ने धारण राखे ।
कम्युनिस्ट र बिशेष गरी माओबादीहरुले घोक्दै र घोकाउँदै आएको साम्राज्यबादी र बिस्तारबादी शव्द र तिनीहरु संगको सम्बन्धको बारेमा पत्रकार बाल जोशीले सोधेको प्रश्नको उत्तरमा यो शव्द आफुले आविस्कार गरेको नभई पहिल्यै देखि चलिआएको जानकारी गराए । यतिबेला नेपाललाई सबैको सहयोगको खाँचो रहेकोले बिरोध भन्दा फकाएर काम लिनु उपयुक्त हुने धारणा भट्टराईले राख्नु भयो । युरोपियन देशहरु भन्दा अमेरिका बढी उदार समाज भएको देश भएकोले आफु अमेरिका प्रति संधै सकारात्मक रहेको कुरा बताए।

प्रमुख प्रतिपक्षि पार्टीका कुरा त नसुन्ने सरकारले एक जना मात्र सांसद भएको तपाईंका कुरा के सुन्लान र भन्ने पत्रकार रामचन्द्र भत्ताको उत्तरमा संसदमा आफ्नो कुरा राख्ने समय प्रयाप्त रहेको तर कुरा सुने पनि नसुने पनि आफुले नेपालको सम्वृद्धिको पक्षमा बोलिरहने स्पस्ट गरे । १० बर्षे युद्धपीडित हरुले के सोंचेर तपाईंहरुलाई माफ गर्ने भनेर सोधिएको प्रश्नमा युद्धको घाउ बिर्सिन समय लाग्ने तर त्यसको लागि सरकारबाट भएका कामहरु अत्यन्त ढिलो भएको स्वीकार गरे । यो काम छिटो भन्दा छिटो गरेर युद्ध पिडित दुवै पक्षलाइ सहमतिमा लायन ढिला गर्न नहुने उनले जिकिर गरे ।
नेजाका उपाध्यक्ष विकास राज न्यौपानेको उपस्थितिमा भएको उक्त कार्यक्रम नेजाका सचिब सुरज भण्डारीले संचालन गरेका थिए । सो अबसरमा “बलायर प्रत्यासी”, विजय भट्टराई, होम लम्साल, शिव शर्मा, गोविन्द ढकाल, सुर्य थापा लगाएतले जिज्ञाशा राखेका थिए ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907