बब उडवार्डको किताब “फियर, इनसाइड द व्हाइट हाउस”ले डिसीमा खैलाबैला
सर्बोच्च अदालतमा ब्रेट क्याभनाको नियुक्तिको लागि सिनेटमा कसरत जारी छ । डेमोक्र्याटहरु यो नियुक्तिमा ढिलाई गर्नु पर्छ भनेर न्वारन देखिको बल लगाउंदै छन् भने रिपब्लिकनहरु मध्यावधि निर्बाचन अघि नै गर्न सकिने काम र गर्न सकिने नियुक्तिहरू सक्नु पर्ने अभियानमा छन् । गम्भीर रुपमा दुइ पार्टीमा विभाजित अमेरिका दिनदि नै झन् विभक्त हुँदैछ । व्हाइट हाउस हरेक दिन कुनै न कुनै काण्डबाट गुज्रिने गरेको छ । मनोरंजन क्षेत्रमा काम गर्ने डोनाल्ड ट्रंप रास्ट्रपति भए पछिका करिव ६ सय दिनहरु व्हाइट हाउस र ट्रंपको बिगतका सनसनीपूर्ण समाचारले रंगिएका छन् ।
आज फेरी अर्को हप्ता सेप्टेम्बर ११ मा प्रकाशित हुन लागेको पुस्तकले वासिंगटन डिसीमा भुकम्प गएको छ । पत्रकारिता क्षेत्र र अमेरिकी समाजमा अत्यन्त सम्मानित मानिने पत्रकार बब उडवार्डको पुस्तक “फियर, इन्साइड द व्हाइट हाउस” पुस्तक र त्यसमा खोलिएका रहस्यका गुथीहरुले सबैलाई आस्चर्यचकित बनाएको छ । यसघि पनि व्हाइट हाउसको बिषयमा माइकल ओल्फ़ र ओमारोसाले धेरै कुरा खोलेका थिए । तर यो पुस्तकमा व्हाइट हाउसमा कार्यरत अत्यन्त माथिल्लो तहका ट्रंपद्वारा नियुक्त व्यक्तिहरुको भनाइ प्रमाण सहित राखिएकोले यी खुलासाहरु बढी गम्भीर बनेका हुन् ।
पुस्तकमा माथिल्लो तहका कर्मचारीहरुमा महान्यायधिबक्ता जेफ सेसन्स, व्हाइट हाउसमा कार्यरत सबैका प्रमुख जोन केली, पुर्ब चिफ अफ स्टाफ रायन प्रिबस, पूर्व सल्लाहकार गेरी कोन, रक्षा मन्त्रि जेम्स म्याटिस, ट्रंपका पूर्व वकिल जोन डाउड आदिका भनाइहरु लिपिबद्ध गरिएका छन् ।
रक्षा मन्त्री जेम्स म्याटिसले रास्ट्रपति ट्रंपलाइ ५ वा ६ कक्षामा पढ्ने बिद्यार्थीको जस्तो बुझ्ने क्षमता भएको व्यक्ति भएको व्यक्त गरिएको पुस्तकमा उल्लेख गरिएको छ । जोन केलीले रास्ट्रपतिलाइ “मुर्ख” भन्ने गर्छन । उनले हामी “पागल बस्ती” मा रहेको व्यक्त गर्ने गर्छन । हामी किन यहाँ छौं भन्ने भनाइ पनि जोन केलिको छ । उनले भनेका छन् यो उनको सबभन्दा नराम्रो जागिर हो । तर उनले पुस्तकको केहि अंशहरु बाहिर आए संगै आफुले रास्ट्रपतिलाइ मुर्ख नभनेको भनेका छन् ।
पूर्व चिफ अफ स्टाफ रायन प्रिबसले रास्ट्रपतिको सुत्ने कोठालाई “राक्षसको कार्यशाला” भन्ने गरेका थिए । रायन प्रिबसलाइ ट्रंपले “सानो मुसा” भनेर गालि गर्थे ।
अमेरिकालाइ कानुनी राज्य मानिन्छ । कानुनको सहि पालना गराउने ठाउँमा ट्रंपले आफै जेफ सेसन्सलाइ राखेका थिए । रसियाको बिषयमा बिबादित बने पछि उनले रसिया अनुसन्धानबाट आफुलाई बाहिर राखेर स्वतन्त्र रहे जुन कानुन मन्त्रालयको नियम अनुरुप नै थियो । ट्रंप जेफ सेसन्सको उक्त कदम पछि धेरै रिसाए । उनले भित्र र बाहिर उनको कटु आलोचना गरे । यो पुस्तकमा ट्रंपले सेसन्सलाइ “यो मान्छे मानसिक रुपमा ठिक छैन” भनेको उल्लेख गरिएको छ । यो “दक्षिणि मुर्ख” हो भनेर जेफ सेसन्सलाइ गाली गर्ने गरेका छन् ।
त्यस्तै ट्रंपका आर्थिक सल्लाहकार गेरी कोनले ट्रंपको डेस्कबाट हस्ताक्षर गर्न ठिक्क पारेको चिट्ठी चोरेर लागेको जनाइएको छ जुन दक्षिण कोरियासंगको ब्यापार सम्झ्यौता थियो र जसले अमेरिकाको राष्ट्रिय सुरक्षामा असर गर्थ्यो । त्यस्तै उनका पूर्व वकिल जोन डाउडले “ढटुवा” र पेशेवर “ढटुवा” भनेर ट्रंपलाइ गाली गर्ने गरेको पुस्तकमा उल्लेख छ ।
यी र यस्ता धेरै काण्ड भए पनि ट्रंप अगाडी बढी नै रहेका छन् । रिपब्लिकन पार्टीको पकड सिनेट र तल्लो सदनमा रहेसम्म उनी बिरुद्ध वा उनलाई सचेत बनाउने कुनै कदम नचालिने प्रस्ट देखिन्छ । उनका सरोगेटहरु टेलिभिजनका पर्दाहरुमा यसलाई पनि अत्यन्त सामान्य र मुल्यबिहिन किताबको बिल्ला भिराएर चोखिन खोज्ने प्रस्टै देखिन्छ । यो संगै आगामी मध्यावधि निर्बाचन नै ट्रंपलाइ जिम्मेवार बनाउन सक्ने ठाउँ बनेको छ । हेरौं, नोभेम्बर ६, २०१८ मा हुने निर्बाचनमा अमेरिकी मतदाताले के कसरी यी सबै कुराहरुलाई प्रतिक्रिया जनाउछन ।