लालबाबु, नेपाल तिम्रा बाउको बिर्ता होइन : सुरेश पोख्रेल

अघिल्लो चोटी सरकारमा हुँदा लालबाबु पण्डितको थेगो थियो, नेपालमा जागिर खाँदा खाँदै विदेशको बसोबासको स्थायी प्रमाणपत्र लिनेहरुको जागिर खाइ दिन्छु। धेरैलाई ठिकै पनि लग्यो, नेपालको जागिर खाँदै पद ओगट्दै बिदेशमा बस्न हुन्न। आफु काम गर्न सकिन्न भने पद ओगट्न हुन्न भन्ने कुरा ठिकै पनि थियो। धेरैले उनको प्रशंशा गरे। सोहि कामको कारण अहिले उनले मन्त्री पद पनि पाए।
यतिबेला उनको फेरी चर्चा चुलिएको छ। त्यसको कारण बिदेशमा बस्ने नेपालीहरु प्रतिको उनको एकोहोरो आक्रमण हो। प्रबाशी नेपालीहरुलाई कहिले भूपू नेपाली त कहिले देशको मायाँ नगर्नेहरु भनेर प्रबाशी नेपालीहरुको हुर्मत लिने काम गरिरहे। यति बेला फेरी उनले पत्रकार सुर्य थापालाई दिएको अन्तरबार्तामा बिदेशी नागरिकता लिने नेपालीहरुलाई नेपालको आफ्नो पैत्रिक सम्पत्तिबाट बन्चित गर्ने कानुन बनाइने उद्घोष गरेका छन्। यसले प्रबाशमा बस्ने धेरै नेपालीहरुलाई आक्रोशित पारेको छ।
यहि कुराको चित्त नबुझेर अमेरिकाको डालस टेक्सास निवासी समाजसेवी सुरेश पोख्रेलले आफ्नो तितो पोख्दै लालबाबुलाई चुनौती दिएका छन्। उनले अरुण तेश्रो भारतलाई सुम्पिंदा नबोलेको, युरोपियन युनियनले नेपालको संबिधानमाथि हमला गर्दा चुप लागेको, भूकम्पको बेला नाकाबन्दी लगाउने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गरेको जस्ता आरोप लगाउंदै सक्छौ भने बिदेशी सहायता बन्द गर्न, रेमिट्यान्स बिना देश चलाउन चुनौती दिएका छन्। उनको फेसबुक स्टाटस जस्ताको तस्तै :

लालबावु पण्डित !!
तिम्रो बकबक धेरै भयो ! पहिला, सक्छौ भने नेपालमा बस्ने ढाका टोपी र दौरा सुरूवाल अनि धोती लगाएर देश चुसि रहेका जुकाहरूलाई कार्यवाही गर ! अनि हिम्मत छ भने नेपाललाई अब देखि कुनै पनि विदेशी सहयोग चॉंहिदैन भनेर घोषणा गर ! USAID / DFAID/EU लगायत सम्पूर्ण नियोगहरूलाई देशबाट हटाउ । अनि तिम्रो सामर्थ्य छ भने खाडी मुलुक, कोरिया, मलेशिया लगायतका देशहरूमा श्रम गर्न जाने नेपालीको लावा लस्कर रोक । होईन भने मानसिक सन्तुलन नगुमाउ !!
केहि महिना अघि EU ले नेपालको संबिधान माथि धाबा वेल्दा तिम्रो मुखमा के कोचेका थियौ?!
हे टाट पुजिँया लालबावु !!! तिम्रो मन्त्री परिषदका अर्थ मन्त्रीलाई सोध हामीले रेमिट्यान्स नपठाए मुलुकको अबस्था के हुन्छ भनेर ?!
तिम्रो पार्टीको निकम्मा र नालायकीपनले, आज सम्म सम्पन्न भैसक्नु पर्ने अरूण भारतलाई सुम्पदॉं तिम्रो मुखमा पिँडालु थियो ?!
तिलमिलाई चुनौती छ लालबावु !!
बिसौं बर्षदेखि बिदेशमा वसेर श्रम र मेहनतें नेपालीले कमाएको पैसाले नेपालमा बनेका अस्पताल, स्कुल, कलेज, होटलहरू भत्काउ ! हामी गैर आवाशिय नेपालाहरूले सहयोग गरि पढाई रहेका बालवालिकालाई स्कुलबाट निष्काषन गर !
लालाबाबु जी !
यदि तिमी सक्छौ भने र यो पार्टीको आधिकारिक धारणा हो भने तिम्रो पार्टीको विश्वभरी छरिएको “ओभरसीज नेपाली फोरम” बिघटन गराउ!!
हे लालबावु
हिजोका दिनमा नेपालमा महाभुकप्प जॉंदा बिदेशमा रहेका नेपालीले के सहयोग गरे ? म सम्झाउन चाहान्न । तर तिमिलाई यो त याद होला, महाभुकम्पले छटपटाई रहेका नेपालीको गला निचोर्ने गरी नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्रीको एउटै भ्रमाणमा तीन तीन ठॉंउमा अभिनन्दन गर्दा तिम्रो कथित राष्ट्रवाद गाई चराउन गएको थियो !!??! त्यसैले म भन्छु तिम्रो कथित राष्ट्रवाद राष्ट्रघाती छ !!!!!
तिमि यत्ति बुझ लालाबावु !!
हरेक शासकले आफ्नो सत्ता जीवन पर्यन्त हो भनेर सोच्छन र आफूलाई सर्वे सर्वा ठान्छन अनि बर्वराउछन । तिलमिलाई लागिरहेको होला सत्ताको लागी भएको तिमीहरूको सिन्डीकेट सधैभरी चल्ने छ !!
नेपाल तिम्रा बाउको बिर्ता होईन !!!
लालबाबुलाई मात्रै होईन सबैलाई चेतना भया !!!!
Proud to be Nepali !!!!

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907