नेपाललाई विश्वव्यापी वैदिक अभियानको राजधानी बनाइने

काठमाडौँ, २ जेठ: जगन्नाथपुरीस्थित पूर्वयामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतले नेपाललाई विश्वव्यापी वैदिक अभियानको राजधानी बनाउनुपर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले आज कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गरेको विशेष प्रवचनमा उहाँले नास्तिक मानिसका पनि अन्तरात्मा आस्तिक हुने बताउनुभयो ।

“विज्ञान वेदकै अंग हो, वेदकै अध्ययनले पश्चिमी देशका मानिसले ठूला वैज्ञानिक उपलब्धि हासिल गरेका छन्, हामी वेदको पूजा र पाठमा मात्र केन्द्रित भई भनेका कुरा व्यवहारमा उतार्न नलाग्दा पछि परेका छौँ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँ, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइराला, विभागका प्रमुख नारायण गौतमलगायतका वक्ताले वैदिक दर्शनलाई नेपाली भाषामै सहज ढंगले पठनपाठनको व्यवस्था मिलाइनुपर्नेमा जोड दिनुभयो ।

यसअघि आज बिहान गोल्डेन गेट कलेजले आयोजना गरेको कार्यक्रममा पनि शंकराचार्य निश्चलानन्द सरस्वतीले पुष्पक विमानको प्रसंगबाटै आधुनिक हवाई जहाजको विकास भएको भनाइ राख्नुभयो ।

उहाँले वैदिक दर्शनलाई आधार मानेर १६७ वटा पुस्तक लेख्नुभएको छ । उहाँको योगदानको कदर गर्दै आज कीर्तिपुरमा अभिनन्दनसमेत गरियो ।

बिहीबार शंकराचार्य निश्चलानन्द देवघाटको दर्शनमा जानुहुने जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समितिका सदस्य अर्जुनप्रसाद बास्तोलाले राससलाई जानकारी दिनुभयो ।

यसैगरी उहाँले जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि प्रवचन गर्नुहुनेछ । आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो । अन्य तीन मठमा श्रृंगेरी, द्वारका र ज्योर्तिमठ छन् । निश्चलानन्द गोवद्र्धन मठका १४५औँ शंकराचार्य हुनुहुन्छ । यो मठका शंकराचार्य १५० वर्षपछि नेपाल आउनुभएको हो ।

यसअघि विसं २०५४ मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा काञ्ची कामकोटी मठका जगद्गुरु शंकराचार्य जयन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आउनुभएको थियो । शंकराचार्य परम्परामा यो मठलाई पाँचौँ मठ पनि भनिन्छ ।

यसपटक पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन् ।

शंकराचार्यको स्वागत एवं विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको छ ।  (रासस)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907