संगीतकार हरि लम्सालको पहलमा जलजलालाई १ लाख ३८ हजार ८५८ सहयोग
दुबै मिर्गौला फेर्नु पर्ने गायिका जलजला परियार को उपचारका लागि संगीतकार हरि लम्सालको पहलमा संकलन गरिएको १ लाख ३८ हजार ८५८ रुपैया सहयोग गरिएको छ ।
उक्त रकम संगीतकार लम्साल गीतकार डा राजुबाबु श्रेष्ठ संगीतकार महेश खडका सहितको टोली टिचिङ्ग अस्पताल पुगेर जलजलाका अभिभावकलाई हस्तान्तरण गरेको हो ।
संगीतकार लम्सालले सहयोगका लागि फेसबुक मार्फत जलजलाको उपचार सहयोगका लागि अपिल गरेका थिए ।
उनको अपिल पछि गीतकार डा श्रेष्ठले नेपाल बाट ५ हजार, अनिल कसपालले नेपाल बाट ५ हजार त्यसैगरी अमेरिकामा रहेका गीतकार नारायण गौतमले ४० हजार ,गायक तिलक श्रेष्ठले २०हजार ७७ गीतकार सुरेन्द्र वाग्लेले १० हजार गायक राजु रसाइलीले ५० डलर सहयोग गरेका हुन । त्यसैगरी साबित्रा घिमिरेले ५० जमुना रसाइलीले ५०कृष्णा रसाइलीले ५० बिष्णु सेन्चुरीले ५० र बिरेन गजमेरले ५० डलर सहयोग गरेका हुन । त्यसैगरी खरी रसाइलीले ३० सन रसाइलीले ३० भिम रामदाम ले २५ चन्द्र लामगादेले २५ गोबिन्द फुयालले २०,रामध्वज लामगादेल २०डम्वर कुमार बिश्वले २०,चन्द्र घिमिरे १० र भिम रामदामले ५ डलर सहयोग गरेका हुन ।
यस अघि परियारको उपचारका लागि रापती समाज अष्ट्रेलियाको तर्फबाट ५१ हजार २५० सहयोग गरिएको छ । समाजका अध्यक्ष नरेश रेग्मी सहितका पदाधिकारीले संकलन गरेको रकम शुक्रबार जलजलाका परिवारलाई हस्तान्तरण गरिएको हो । संबैधानिक कानुनका ज्ञाता गायक तथा संगीतकार डा भिमार्जुन आचार्य, गायक तथा संगीतकार प्रकाश रेग्मी र गीतकार एबं पत्रकार लोकराज अधिकारी शिक्षण अस्पताल पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।
यसैगरी चर्चित हास्यकलाकार केदारप्रसाद घिमिरे माग्ने बुढाले गायिका जलजला परियारलाई ५० हजार सहयोग गरेका छन् । दुवै मृगौला खराब भएर टिचिङ अस्पतालमा उपचारारत परियारको उपचार सहयोगका लागि घिमिरेले अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन । सहयोग हस्तान्तरण पछि उनले सम्भावना बोकेको प्रतिभाको रुपमा परियारलाई चित्रित गर्दै सबैलाई आफुले सकेको सहयोग गर्न अपिल पनि गरेका छन पनि ‘मैले उनलाई नेपाली ताराको मन्चमा हेरेको थिए । उनि सम्भावना बोकेकी गायिका हुन् । अहिले उनि आर्थिक हिसाबले कमजोर छिन । देशविदेशमा हुने सवैले उनको लागि सहयोग गरौ ।’ माग्नेले भनेका छन । यसैबीच शुक्रबार नायिका स्वेता खडकाले अमेरिकमा संकलित १ लाख १७ हजार ९६० रुपैया हस्तान्तरण गरेकि छन । शुक्रबार अस्पालत पुगेकी स्वेताले जलजलाका परिवारलाई उक्त रकम हस्तान्तरण गरेकि हुन । भुटनिज कमिटिका तर्फबाट घनश्याम लामगादे सहितको पहलमा न्युर्योकमा संकलित रकम स्वेताले हस्तान्तरण गरेकि हुन ।
दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी गायिका जलजला परियारलाई सहयोग रकम जुटनेक्रम जारी छ । यस अघि संगीतकार सुनिल मास्केको संयोजकत्वमा एक लाख ३३ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । त्यसैगरी गायक राजेशपायल राईको संयोजकत्वमा जम्मा भएको तीन लाख ८४ हजार रकम ८ सय ६० रुपैयाँ पनि हस्तान्तरण गरिसकिएको छ । गायिका सुनिता दुलाले ब्यक्तिगत २० हजार सहयोग गरेकी हुन् ।
त्यसैगरी संगीतकार संघ नेपालको कल्याणकारी कोषकोतर्फबाट अध्यक्ष लक्ष्मण शेषको टोलीले अस्पताल पुगेर २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो । भने नेपाल आइडलका प्रतियोगी सागर आलेले ५० हजार सहयोग गरेका छन् । त्यसैगरी प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली सहितको टोली ले ११ हजार सहयोग गरेको छ । नेपाली तारा सिजन –३ मा उत्कृष्ट ६ बाट बाहिरिएकी गायिका जलजला परियार पछिल्लो समय शास्त्रीय संगीतको अध्ययन गरिरहेकी थिइन्
दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन । उनको अहिले डायोलाइसिस भैरहेको छ । केहि दिनमा दुबै मिर्गौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सक हरुले बताएका छन ।
गायिका जलजलाले गाएको बाटोमुनीको फूल–२ को गीत केही कदम निकै चर्चामा रह्यो भने ढुंगाको मन हुनेलाई, म त रोएँ रोएँ जस्ता दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । उनले संगीतकार हरि लम्सालको संगीतमा पनि गीत गाएकि छन ।