संसद छिर्ने विवेकशीलको लक्ष्य पूरा भएन, ३ प्रतिशत कटाउनै मुश्किल !

काठमाडौं, २८ मंसिर– यसपटकको चुनावमा प्रत्यक्षतर्फ एक सीट र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पूरा गरेर राष्ट्रिय पार्टी बन्ने विवेकशील साझाको लक्ष्य पूरा नहुने भएको छ ।

विवेकशीलले न त प्रत्यक्षतर्फ एक सीट नै जित्न सक्यो न त समानुपातिकतपर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने संभावना छ ।

निर्वाचन आयोगले बिहीवार अपराह्न सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फ ८० प्रतिशतभन्दा बढी मत गणना भइसकेको जनाएको छ । देशका ६५ ओटा जिल्लामा समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदासम्म विवेकशील साझाले कूल गण्ना भएको मतको २.३ प्रतिशत अर्थात् १ लाख ९४ हजार ४ सय ६ मत मात्रै ल्याउन सक्यो ।

३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकेको विवेकशीलले समानुपातिकबाट भए पनि संसदमा प्रतिनिधित्व गर्न पाउँथ्यो । राष्ट्रिय दलको मान्यता पाउन भने प्रत्यक्षमा एक सीट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने हुन्छ ।

विवेकशीलले पाएको मत के हुन्छ ?
८० प्रतिशत मत गणना हुँदासम्म २.३ प्रतिशत मात्रै मत ल्याउन सकेको विवेकशीलले सबै मत गणना हुँदासम्म पनि ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने संभावना निकै कम छ । यस्तो अवस्थामा उसले पाएको अन्य मत पनि बदर जस्तै हुने छ ।

प्रतिनिधि सभा सदस्य ऐन, २०६४ को दफा ६० अनुसार ३ समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ प्रतिशत कटाउन नसक्ने दलको मत गणना नहुने उल्लेख छ । अर्थात् ३ प्रतिशत मत ल्याउन नसक्ने दलले संसदको सीट त नपाउने त भयो नै उसले पाएको मत पनि बदर बराबर नै हुने छ ।

‘समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ,’ प्रतिनिधि सभा सदस्य ऐन, २०६४ को दफा (६०) को उपदफा (११) मा भनिएको छ ।

यस्तै उपदफा (१२) मा भनिएको छ, ‘दलहरुले प्राप्त गरेको कूल सदर मत गणना गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको मतमा गणना हुने छैन ।’

ऐनमा गरिएको व्यवस्थाका अनुसार समानुपातिकतर्फ तीन प्रतिशत मत कटाउन नसकेका कमल थापा नेतृत्वको राप्रपा, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति लगायतले प्राप्त गरेको मत पनि बदर हुने छ । ( श्रोत : लोकान्तर )

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907