त्रिशुलि सुरक्षा पर्खाल अभियानमा देश बिदेश बाट हातेमालो हुँदै
मुङ्गलिङ नारायणगढ सडक खण्ड यात्रुका लागि अत्यन्त कष्टकर हुने गरेको छ । कतिपय त बाटोको अबस्था संझेर जरुरी काममा पनि यात्रा गर्नु नपरे हुन्थ्यो भन्ने सोंच्ने गर्छन । त्यसमाथी यो सडक खण्डमा दुर्घटना हुँदा बर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन । त्रिशुलीले धेरैलाई निलेको छ । पछिल्लो पटक ३१ जनाको ज्यान गए पछि नागरिक स्तर बाट त्रिशुली सुरक्षा पर्खाल अभियान सुुरु गरिएको छ । दाङ्ग घर भै हाल पोल्याण्ड बस्दै आएका युवा मित्रलाल पार्धेले यो अभियानको सुरुवात गरेका छन । उनले ५० हजार रुपैया जम्मा गरेर अभियानको थालनि गरेका हुन ।
पार्धे दाङ्गको करोड पानी अभियानका अभियन्ता पनि हुन । उनले सुरु गरेको अभियानले सार्थक रुप लिदै गर्दा अर्को अभियान थालेका हुन । एकातिर पानी खान नपाएर मर्नु पर्ने अबस्था र अर्कोतिर पानीमा डुबेर मर्नु पर्ने अबस्थाको अन्त्यका लागि अभियान थालिएको पार्धेले बताए । यो अभियानमा हातेमालो गर्दै ३ लाख रुपैयाको प्रतिबद्धता आइसकेको उनले जानकारी दिए । दुर्घटना न्युनिकरणका लागि सरकारी स्तर बाट गर्नु पर्ने काम हुदै गरोस तर त्रिशुली तर्फ को भागमा पर्खाल निर्माण गर्नसके दुर्घटना बाट हुने क्षती कम हुने बिस्वासका साथ सुरु गरिएको अभियानमा अहिले बिदेश बाट सहयोगको घोषणा गर्नेक्रम सुरु भएको छ । साथ साथै त्रिशुलि सुरक्षा पर्खाल अभियानको भागिदार म पनि हुँ नामक फेसबुक पेज मार्फत पनि यो अभियानका सहयोगीलाई जोडने प्रयास गरिएको छ ।