नेपाल स्रष्टा समाजद्धारा मिठाईदेवी विश्वकर्मा र रमेशचन्द्र देवकोटा सम्मानित

वर्ष २०७३ को योगमाया राष्ट्रिय नारी साहित्य सम्मानबाट मिठाईदेवी विश्वकर्मा सम्मानित भएकि छन । नेपाली भाषा साहित्य तथा सामाजिक रूपान्तरणमा विश्वकर्माले पुराएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो ।

नेपाल स्रष्टा समाजको १० औँ साधारणसभा तथा विशेष साहित्यिक कार्यक्रममा विश्वकर्मालाई कार्यक्रमका प्रमख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान–पत्र प्रदान गरेका हुन । सम्मानका संस्थापक नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले विश्वकर्मालाई २५ हजार नगद प्रदान गरे । सामाजिक अभियन्ता योगमायाको विषयमा नेपाल स्रष्टा समाजका कार्यकारी सदस्य प्रा.डा. गोविन्दमानसिंह कार्कीले प्रकाश पारेकाथिए । सम्मानित स्रष्टा मिठाइदेवीका विषयमा समाजका सचिव तारा सुवेदीले बोलेका थिए । सम्मान ग्रहणपछि बोल्दै विश्वकर्माले योगमाया जस्तो उच्च गरीमा बोकेकी नेपाली नारीको नामबाट आफू सम्मानित हुन पाउँदा धेरै गर्व महसूस गरेको बताइन ।

वि.सं. २०६५ सालदेखि योगमाया राष्ट्रिय नारी साहित्य सम्मान सुरु गरिएको हो । मठाइदेवी सहित अहिलेसम्म आठ जना महिला साहित्यकारहरू यस सम्मानबाट सम्मानित भएका छन ।
कार्यक्रममा सुभद्रा–विश्वराज साहित्य सम्मानबाट पहिलो पटक गोरखाका ८४ वर्षीय स्रष्टा रमेशचन्द्र देवकोटा सम्मानित भएका छन । सामाजिक चिन्तन, आध्यात्मिकता र ऐतिहासिकतालाई भावभूमि बनाएर नेपाली साहित्यको सिर्जनामार्फत् योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्ने उद्धेश्यले नेपाल स्रष्टा समाजका उपाध्यक्ष विधान आचार्यले सम्मानको स्थापना गरेका हुन । कार्यक्रमका प्रमुख अतिथिले सम्मान–पत्र र सम्मानका संस्थापक नेपाल स्रष्टा समाजका उपाध्यक्ष विधान आचार्यले ११ हजार १११ हजार नगद प्रदान गरेर देवकोटालाई सम्मान गरेका हुन ।
सम्मानित व्यक्तित्व रमेशचन्द्र देवकोटाको विषयमा नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कँडेल ‘हरित’ले प्रकाश परोका थिए । देवकोटाको भर्खरै मात्र स्वाभिमान नामको महाकाव्य प्रकाशन भएको छ । त्यस्तै खण्डकाव्य, कविता सङ्ग्रह तथा अनुवाद गरी सातवटा कृति प्रकाशनको तयारीमा छन् ।

दमन्ता खनाल स्मृति नारी साहित्य सम्मान स्थापना
गीतकार एबं नेपाल स्रष्टा समाजका कोषाध्यक्ष पुष्पा खनालले आफ्नी ममतामयी आमाको स्मृतिमा दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको स्थापना गरेकी छन । खनालले कार्यक्रमै सम्मान स्थापनाको घोषणा गरेकी हुन । २०७५ सालबाट प्रदान गरिने सम्मानको राशी १० हजार १११ रहेको छ । सामाजिक चिन्तन र आध्यात्मिकतालाई भावभूमि बनाएर नेपाली साहित्यको सिर्जना गरी देशको सेवा गर्ने मोफसलका उत्कृष्ट नारी स्रष्टालाई यो सम्मान प्रदान गरिनेछ ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका आजीवन विशिष्ट सदस्य जीवनाथ पोखरेलको काव्यकृति जीवनका परिवेशहरूको लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा अन्य व्यक्तित्वहरूले कृतिको लोकार्पण गर्नुभएको हो ।

जीवनका परिवेशहरूमाथि वरिष्ठ कवि नेपाल स्रष्टा समाजका सल्लाहकार शैलेन्द्र साकारले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । आफ्नो साहित्यिक यात्राका विषयमा बोल्दै स्रष्टा पोखरेलले वरिष्ठ कथाकार परशु प्रधान र वरिष्ठ कवि शैलेन्द्र साकारको प्रेरणाले आफू साहित्यिक क्षेत्रमा प्रवेश गरेको बताउनुभयो ।

लोकतान्त्रिक मुल्य मान्यताहरूप्रति समर्पित हुँदै विशुद्ध साहित्यिक गतिविधिहरूका मार्फत् नेपाली वाङ्मयको सिर्जना, सम्वद्र्धन र विकासमा टेवा पुर्याउने, नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रियकरण गर्ने, भाषा साहित्यको विकासमा सहयोग गर्ने, वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्ने लगायतका उद्धेश्य लिएर वि.सं. २०६४ सालको नेपाल स्रष्टा समाजको स्थापना भएको हो । समाजमा अहिले ११० जना आजीवन विशिष्ट र ३६ जना विशिष्ट सदस्यहरू रहेका छन् । यसैबीच समाजको १० औँ साधारण सभाले महासचिव चेतनाथ कँडेल हरित कोषाध्यक्ष पुष्पा खनालको आर्थिक प्रतिवेदन पारीत गरेको छ ।

 

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907