इन्द्रेणी सांस्कृतिक संघले तीज बिशेष कार्यक्रम अगस्त १९ मा गर्दै

अगस्त १६, डालस, टेक्सास । नेपाली महिलाहरुको ठुलो चाड तीज आउन करिब एक हप्ता बाँकी छ । तर तीजको रौनक स्वदेश र बिदेशमा शुरु भैसकेको छ । अमेरिकाका बिभिन्न शहरहरुमा तीजको बरीलै तिब्र रुपमा जारी छ । नाचगानका तस्विरहरु सामाजिक संजालमा छरपस्ट देखिन्छन । टेक्सासको डालसमा पनि तीज मनाउने काम जारी छ । आगामी हप्ता इन्द्रेणी सांस्कृतिक संघले तीज कार्यक्रम आयोजना गरेको छ ।
अगस्त १९ गते साँझ साढे सात बजे देखि शुरु हुने उक्त तीज कार्यक्रम राती १ बजे सम्म जारी रहने छ । स्थानीय कलाकारहरुको प्रस्तुति रहने उक्त तीज बिशेष कार्यक्रममा उपस्थित भै मनोरंजन लिन डिनर सहित जम्मा $१० निर्धारण गरिएको अध्यक्ष तारा प्रशाद भुसालले जानकारी गराउनु भएको छ । अर्भिंग स्थित होटेल डिएफडब्लु होटेलमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको छ ।


स्मरण रहोस इन्द्रेणी सांस्कृतिक संघ २००७ मा डालसमा स्थापित संस्था हो । नेपाली चाडपर्ब एबम बिभिन्न सांस्कृतिक पर्बहरुमा इन्द्रेणीले प्रभावकारी रुपमा लामो समय देखि कार्यक्रम आयोजना गर्दै आएको छ । प्रबाशमा नेपाली धर्म, कला र संस्कृति जोगाउने, प्रबर्धन गर्ने काममा यो संघले महत्वपुर्ण भूमिका खेल्दै आएको छ । डालसको नेपाली समाजमा हुने हरेक सांस्कृतिक कार्यक्रमहरुमा होस्टेमा हैंसे गर्नुको साथै संघले आफ्नै पहलमा पनि हरेक बर्ष तीज, दशैं तथा तिहारका लागि बिशेष कार्यक्रमहरु गर्दै आएको छ ।  यसपटकको तीजमा पनि अत्यन्त रमाइलो हुने जानकारी दिंदै अध्यक्ष भुषालले उपस्थितिको लागि सम्पूर्ण नेपाली महिला दिदीबहिनी दाजुभाईहरुलाई अनुरोध गर्नु भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907