संगीतकर्मी कल्याणकारी कोषलाई गीतकार क्रोधिको १५ हजार सहयोग:कुवर दिदी बिहिनीका तर्फबाट १० हजार
संगीतकर्मी कल्याणकारी कोषलाई गीतकार किरण केसी क्रोधिले १५ हजार सहयोग गर्नु भएको छ । राजधानीमा शनिवार आफनो दोश्रो गीति संग्रह प्रशंसा सार्बजनिक समारोहमा गीतकार केसीले सहयोग रकम संगीतकार संघ नेपाललाई हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ ,हरिबंश आचार्य पुर्ब मन्त्री एबं गीतकार एस पि कोईराला,श्री पुरुष ढकाल, गायक रामकृष्ण ढकाल, संगीतकार आलोक श्री लगायतले एल्वमको सामुहिक बिमोचन गरेका थिए । यसैबीच कल्याणकारी कोषमा दाङ निवासी अस्मिता कुवर र अन्जना कुवर दिदी बिहिनीका तर्फबाट १० हजार रुपैया सहयोग गरिएको छ । समाजसेवि युवा कालुराम कुवरले आफना छोरकिा तर्फबाट उक्त रकम कोषलाई हस्तान्तरण गरेका हुन ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिएका छन दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारी कोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । अहिले सम्म कोष बाट ५ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ३ जना सर्जकको निधनका बेला कोषबाट १ लाख ८१ हजार २ सय ३१रुपैया सहयोग गरिसकिएको छ । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन । कल्याणकारी कोष बृद्धिका संघले मेचीकाली यात्रा गर्ने भएको छ । असार महिना सम्मकोे विवरण बिवरण अनुसार कोषमा ८ लाख ८० हजार ४२९रुपैयाँ ८पैसा जम्मा भएको छ ।