राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, २८ साउन । सरकारले बाढी पहिरोको घटनामा परेकाको राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

शुक्रबारदेखिको निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री, रक्षामन्त्री, चारवटै सुरक्षा निकायका प्रमुखसहितको आपत्कालीन बैठकले राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री देउवाले राहत तथा उद्धारमा कुनै कसर बाँकी नराख्न मन्त्री र सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै गृहमन्त्री जनार्दन शर्माले हालसम्मको क्षति र उद्धारका कार्यबारे आफूले प्रधानमन्त्रीलाई अवगत गराएको बताउनुभयो ।

घटनामा हालसम्म ३० जनाको मृत्यु, एक दर्जनभन्दा बढी बेपत्ता भएको र पूर्ण विवरण आइनसकेकाले यो संख्या अझ बढ्ने उहाँले बताउनुभयो ।

गृहमन्त्री शर्माले दिनभर राहत उद्धारका लागि स्थानीय प्रशासन र तीनवटै सुरक्षा निकाय लागिरहेको तथा केन्द्रबाट थप मद्दत र सामग्री पठाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वी तराईका जिल्लामा भारी वर्षात्का कारण उद्धारमा कठिनाइ भएको छ । बाँकेलगायत क्षेत्रमा हेलिकप्टर परिचालन गर्न सकिए पनि पूर्वी क्षेत्रमा हेलिकप्टर प्रयोग गर्न अझै सकिएको छैन ।

पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाहीलगायतका जिल्लामा अबिरल वर्षात् भएको कारणले हेलिकप्टर उड्न नसकेको तथा झापाको झापा गाउँपालिकामा १३३ जना मानिस एक घरमा गएरातिदेखि उद्धारको पर्खाइमा रहेको र निरन्तर डुङ्गागाबाट उद्धार गर्ने प्रयास गरिए पनि नसकिएकाले नेपाली सेनाले प्रयत्न जारी राखेको जनाइएको छ ।

त्यसैगरी सप्तरीका कतिपय स्थानमा संकटमा रहेका जनतालाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको गृहमन्त्रालयले जनाएको छ ।

घटनाको राहत तथा उद्धारका लागि गृह प्रशासन सबै संयन्त्रका साथ तयारी अवस्थामा रहेको र प्रभावित क्षेत्रमा रातभरि समन्वय गरी सुरक्षा निकायलाई तयारी अवस्थामा राखिने गृहमन्त्री शर्माले बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907