डालसमा एनआरएनका अध्यक्ष पदका प्रत्याशी बीच बहस सम्पन्न

डालस, अगस्त ५ । एनआरएन अमेरिकाको आगामी कार्यकालको लागि निर्बाचन आउन एक हप्ता भन्दा कम छ । उम्मेदवारहरु मतदाताहरुसंग अन्तरक्रियामा व्यस्त छन् । कोहि न्यु योर्क त कोहि क्यालिफोर्नियामा समुदाय संग भेटघाट गरिरहेका छन् । यसै बीच अध्यक्ष पदका तीन जना उम्मेदवारहरु डालसमा जम्मा भएर आफ्ना कुराहरु व्यक्त गरे । वर्तमान अध्यक्ष डाक्टर केशब पौडेल, राम सी पोख्रेल र कृष्ण पोख्रेल सहभागी भएको बहस कार्यक्रममा डालस वरपरका थुप्रै नेपालीहरुको उपस्थिति थियो ।

भिजन फर नेपाल फाउन्डेसन, हिमालयखबर र नेपाली समाज टेक्सासको आयोजनामा सम्पन्न उक्त बहस सम्पन्न भएको थियो । बहसमा सहभागी प्रत्याशीहरुले आफुलाई अध्यक्ष पदको योग्य उम्मेदवार रहेको दावी गर्दै आफुले मात्र एनआरएन अमेरिका हाँक्न सक्ने जिकिर गरेका थिए । कार्यक्रममा वर्तमान अध्यक्ष डाक्टर केशव पौडेल प्रतिरक्षात्मक अबस्थामा पुगेका थिए भने राम सी पोख्रेल अरु भन्दा आक्रामक रुपमा प्रस्तुत भएका थिए । निर्बाचन आयोगको बिबादित निर्णय, सदस्यता वितरणमा देखिएको समस्या लगायत कुराहरुमा केशव पौडेललाइ प्रश्न गरिएको थियो ।

३ बजे शुरु गर्ने भनिए पनि प्राबिधिक तथा अन्य कारणले ४ बजे मात्र शुरु भएको थियो भने बहसमा सहभागीहरुले खासै मतदाताहरुमा उत्साह ल्याउने खालको योजना र कार्यक्रम ल्याउन नसकेको सहभागीहरुले महसुश गरेका थिए । त्यसो त धेरै उम्मेदवारहरुमा एनआरएनको खास उद्देस्य के हो भने कुरा नै स्पस्ट नभएको आभाष हुन्थ्यो । शब्दजालद्वारा आफ्ना कमजोरी लुकाउन प्रयास गरिए पनि उम्मेद्वारहरु उत्तरमा अल्मलिएका थिए । बहसका संयोजक कृष्ण शर्मा र सह-संयोजक तारा बराल हुनुन्थ्यो । यति हुँदा हुँदै पनि यो बहसले यी उम्मेदवारहरुको क्षमता कति छ र के गर्न सक्छन भन्ने छुट्टाउन अरु सहज भने पक्कै भएको छ ।
उक्त कार्यक्रमको समापन हुनु अघि एनआरएन अमेरिकाको आगामी चुनावका अन्य पदका प्रत्याशीहरुलाई समेत २/२ मिनेट समय दिएर आफ्नो विचार प्रस्तुत गर्न समय दिइएको थियो । कार्यक्रममा पत्रकार विजय घिमिरे, रामचन्द्र भट्ट र विजयराज न्यौपानेले सबैलाई स्वागत मन्तब्य, उम्मेदवार परिचय एबम धन्यवाद दिनु भएको थियो ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907