उम्मेदवार बन्न अयोग्य मानिएका गौरी जोशीद्वारा बिज्ञप्ति जारी: पछि नहट्ने संकेत

एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-१९ को लागि हुन गैरहेको निर्बाचनमा उम्मेदवारहरुको अन्तिम तालिकामा आफ्नो नाम नपरे पछि गौरी जोशी समुह रुस्ट बनेको छ । आफु माथि निर्बाचन समितिले अन्याय गरेको भन्दै आफ्ना पुर्बनिर्धारित कार्यक्रम जारी राखेको जनाउंदै अन्तिम सम्म लड्ने र त्यसमा साथ दिन अनुरोध गरिएको छ । आइसीसीको निर्णय समेत नकुरी अचानक निर्णय गर्नु निरंकुशताको परकास्ट भएको जनाउंदै यसको बिरुद्ध हरेक क्षेत्रमा प्रतिबाद गर्ने जनाइएको छ । जोशी द्वारा जारी बिज्ञप्ति जस्ताको तस्तै :

प्रेस विज्ञप्ति
सम्पूर्ण अमेरिकावासी नेपाली दाजुभाई तथा दिदी बहिनी र
एनआरएन विश्व समुदायका सदस्य एवं शुभेच्छुकहरु,

एनआरएन अमेरिकाको आसन्न निर्वाचनका बारे तपाईंहरु जानकार नै हुनुहुन्छ । म यो निर्वाचन मार्फत एनआरएन अमेरिकालाई सबैले अपनत्वबोध गर्न सक्ने,अमेरिकामै रहेका नेपालीहरुको हितका पक्षमा ठोस काम गर्ने प्रतिवद्धता र हाम्रो एनआरएन,साझा एनआरएन बनाउने एजेन्डासहित नेतृत्वको प्रतिष्पर्धाका लागि मैदानमा आएको पुन: स्मरण गराउन चाहन्छु । मेरो उम्मेद्वारीका प्रति यहाँहरुले देखाउनु भएको शुभेच्छा र सद्भावलाई म उच्च सम्मान गर्दछु । म कर्ममा विश्वास गर्ने एक सामान्य नेपालीको छोरा हुँ । अमेरिकामा विद्यार्थीको रुपमा आएको मैले यहाँ भोग्नुपर्ने समस्या र चुनौतीहरुलाई आफैंले अनुभव गरेको छु । ती संघर्षले मलाई आज पनि प्रेरणा दिइरहेको छ । म समस्यासंग कहिल्यै डराउँदिन,तर्सन्न र भाग्दिन पनि । म त्यस्ता हरेक समस्या र चुनौतीलाई एक अवसरका रुपमा लिन्छु र समाधानका लागि कोशिश गर्छु । यही नै मेरो अनुभव हो । यसर्थ म जे गर्न सक्छु,त्यही मात्र प्रतिवद्धता जाहेर गर्छु ।
मलाई मेरो उम्मेद्वारीका प्रति तपाईंहरु सबैले देखाउनु भएको समर्थनले अझ हौसला मिलेको छ र साँच्चै हामी सबैले अपनत्वबोध गर्ने साझा एनआरएन आजको आवश्यकता हो र म त्यसका लागि अघि बढेको छु भन्ने मेरो प्रतिवद्धतालाई थप ऊर्जा पुगेको छ ।
तर दुर्भाग्य ! निर्वाचन प्रक्रियामा अध्यक्षको प्रत्यासीको रुपमा मेरो नाम समेत समावेश नगरी निर्वाचन आयोगले बडो बदनियतपूर्वक मलाई बाहिर पार्ने हरकत गरेको छ । म निर्वाचन आयोगको यस किसिमको षड्यन्त्रमूलक कार्यको भर्त्सना गर्दछु । आज निर्वाचन आयोगलाई आफ्नो प्रभावमा पारी एनआरएन अमेरिकालाई कमजोर बनाउन खोज्ने केही कुत्सित नियतका व्यक्तिहरुको हस्तक्षेप र दवाबका कारण स्वतन्त्र भनिएको एनआरएन अमेरिकाको निर्वाचन आयोगले मेरो नैसर्गिक अधिकारलाई समेत हनन गरेको ठहर मैले गरेको छु । म यस्तो अत्यन्तै निकृष्ट र घोर अप्रजातान्त्रिक गतिविधिको निन्दा गर्दै मेरो मौलिक हक,अधिकार र मानव अधिकारको समेत उल्लङ्घन निर्वाचन आयोगले गरेको छ भन्ने निष्कर्षमा पुगेको छु । विधि,विधान र कानुनको सर्वोच्चताको म सधैं उच्च सम्मान गर्दछु । तर आज ममाथि नै निर्वाचन आयोगले विधि,विधान र कानुनको समेत बर्खिलाप हुने गरी विश्वको सबैभन्दा बढी सदस्य भएको एनआरएन अमेरिकाका सदस्यहरुले आफ्नो मतद्वारा नेतृत्व चयन गर्न पाउने तपाईंहरु सबैको अधिकार समेत हनन गर्ने काम गरेको छ ।
एनआरएन अमेरिकाको विद्यमान विधान र आइसीसीको विधान अनुसार प्रक्रिया पुरा गरी निर्वाचन आयोगले माग गरे अनुसारका आवश्यक सम्पूर्ण कागजात समेत पेश गरी मैले मेरो उम्मेद्वारी दिएको हुँ । मेरो उम्मेदवारीको सूची सार्वजनिक नगरिनु एनआरएन अमेरिकाका सदस्यहरुले आफ्नो मतद्वारा नेतृत्व चयन गर्न पाउने प्रजातान्त्रिक अभ्यासको खिलापमा छ । जुन यस देशको कानुन अनुसार दर्ता भै संचालित संस्थाको विधानको समेत विरुद्ध छ । यस देशको कानुनी सर्वोच्चताको सबैले सम्मान गर्नुपर्छ भन्ने कुरा मैले निर्वाचन आयोग र आयोगलाई प्रभावमा पार्ने प्रयास गरिरहेकाहरुलाई सम्झाइरहनु नपर्ला । म संस्थाको विधान,कानुन र कानुनले निर्दिष्ट गरेका अधिकारहरु सबैले अवलम्बन गर्नुपर्छ भन्नेमा दृढ छु ।
आज न्याय,कानुन,विधि-विधान र प्रक्रिया समेत तोडी जसरी मलाई किनारामा पार्ने प्रयास भएको छ,यो ज्यादै अन्यायपूर्ण छ । एनआरएन अमेरिकाको न्यायिक समितिको फैसलालाई समेत आयोगले अवज्ञा गरेको छ । एनआरएन अमेरिकाको मेरो उम्मेदवारीको विषय एनआरएन आइसीसी समक्ष समेत पुगिसकेको छ । आइसीसीले तीन सदस्यीय समिति बनाई निर्वाचन आयोगलाई आवश्यक पत्राचार गरी पाँच तारिखसम्म यस बारे कुनै निर्णय नगर्नु भनेकोमा त्यसको समेत अवज्ञा गरी निर्वाचन आयोगले हतार-हतार सूची प्रकाशित गरेको छ । मलाई विश्वास छ,आइसीसीद्वारा गठित समितिले यसको टुंगो लगाउनेछ र नेतृत्व चयन प्रक्रियामा सहभागी हुन पाउने मेरो वैयक्तिक नैसर्गिक अधिकारको सम्मान हुनेछ ।
म निष्पक्ष निर्वाचनबाट प्राप्त हुने परिणामको उच्च सम्मान गर्नेछु । तर प्रजातान्त्रिक प्रक्रियामा सहभागी हुन नै नदिने जुन निरङ्कुश शैली देखिएको छ,त्यसका विरुद्ध म निरन्तर लड्नेछु । अन्याय सहनु पनि अपराध हो भन्ने मैले बुझेको छु । तसर्थ ममाथि भएको नियोजित अन्यायका विरुद्ध तपाईंहरु सबैको अझ बढी साथ,समर्थन र सहयोगको अपेक्षा गर्दछु । यस क्रममा म आज शुक्रवार लस एञ्जलस, भोली शनिवार सन् फ्रान्सिस्कोलगायतका अन्य स्थानमा तय गरिएका पूर्व निर्धारित कार्यक्रममा सहभागी हुँदैछु र यी कार्यक्रमहरु यथावत रहेको जानकारी गराउदै सबैलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछु ।
धन्यवाद,

गौरी जोशी
अध्यक्षका प्रत्यासी,एनआरएन अमेरिका

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907