डालसमा रबिना थापाको स्थानीयहरुसंग अन्तरक्रिया सम्पन्न

डालस, अगस्त ३। एनआरएन अमेरिकाको चुनाव हुने दिन नजिकिंदै गर्दा यसमा बिभिन्न पदका प्रत्याशीहरुको दौडधुप, भेटघाट र अन्तरक्रियात्मक कार्यक्रमहरु घनिभूत रुपमा चलेका छन्। त्यहि चुनावी अभियान अन्तर्गत डालसमा पनि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। स्थानीय टेम्टेसन रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष पदकी प्रत्याशी रबिना थापा सहभागी हुनु भयो। उपाध्यक्षका उम्मेदवार भुवन आचार्यको बिशेष पहल र सक्रियतामा सम्पन्न उक्त अन्तरक्रियात्मक कार्यक्रममा डालस वरपर रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु र स्थानीय अगुवाहरुको राम्रो उपस्थिति थियो।
कार्यक्रममा बोल्दै थापाले एनआरएनलाइ सबल र सक्षम बनाउन अहिलेको नेतृत्व परिवर्तनको आबस्यकता औंल्याउदै आफु निर्बाचित भएमा एनआरएनलाइ सम्मान गर्न लायक संस्था बनाउने, सदस्यता वितरण सरल र प्रभावकारी बनाउने, नेपालसंगको नाता अझै बलियो बनाउने, सबैलाई समेट्ने लगायतका योजनाहरु बारे जानकारी गराऊ भएको थियो। संस्थालाई व्यक्तिमुखी प्रवृति र सोंचबाट मुक्त गर्नु पर्ने आबस्यकता रहेको औंल्याउदै आफ्नो कार्यकालमा संस्था र प्रणाली निर्माण गर्ने प्रतिबद्धता जारी गर्नु भयो। मेरो पद कसरी हुन्छ भन्ने भन्दा पनि मेरो पदको सहि उपयोग कसरी हुनसक्छ भन्नेमा सचेत रहने प्रण गर्दै एक महिलाले घर जसरी उत्कृस्ट तरिकाले चलाउन सक्छे त्यसै गरी संस्था पनि चलाउने दावी गर्दै टेक्सासबासीसंग भोटको अपेक्षा गरेको स्पस्ट पार्नु भएको थियो।

त्यसै गरी कार्यक्रममा बोल्दै उपाध्यक्ष पदका उम्मेदवार भुवन आचार्यले अध्यक्षका प्रत्याशी लगायत सबैलाई स्वागत गर्दै आफु एनआरएन अमेरिकाको उपाध्यक्षको उम्मेदवार बनेको र त्यसमा सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष पदका अर्का उम्मेदवार गायक सुमन बुढा, महासचिव पदका उम्मेदवार महेश मल्ल, सचिव पदका उम्मेदवार टेक बहादुर लामाले समेत आफ्नो आफ्नो उम्मेद्वारी बारे स्पस्ट पार्नु भएको थियो। त्यसै गरी बोर्ड अफ डिरेक्टरका प्रत्याशीहरु डाक्टर अर्जुन बन्जाडे, सबिन्द्र थापा, पुष्पलता भण्डारी, सुबर्ण पोखरले, शुशिल क्षत्रिले बोल्नु भएको थियो भने एनआरएन टेक्सास च्याप्टरका अध्यक्ष पदका प्रत्याशी भानु खरेल र विकास उप्रेतीले पनि आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा स्थानीय संघ संस्थाहरुको तर्फबाट नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेको साथै ज्ञानेन्द्र कार्की, हरिबोल भण्डारी, भगवान मैनाली, जनक राना र बादल भुजेलले सम्पूर्ण उम्मेदवारहरुलाई शुभकामना दिंदै विचार पुर्याएर मतदान गर्न अनुरोध गर्नु भएको थियो। कार्यक्रममा दिनेश शर्माले मिठो कविता सुनाउनु भएको थियो भने कार्यक्रमको संचालन सपना खड्काले गर्नु भएको थियो।(लेखनाथ गौतम)

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907