गायक स्वरुपराज आचार्यका बारेमा गलत समाचार लेख्ने बुढाथोकिले मागे भिडियो मार्फत सार्बजनिक माफी
प्रसिद्ध गायक स्वरुपराज आचार्यको दुर्घटनामा परि निधन भएको झुठो समाचार बनाएर सम्प्रेण गर्ने झापाका सञ्चारकर्मी शिशिर बुढाथोकीले माफी मागेका छन । गायक आचार्यले झुठो समाचार लेख्ने पत्रकार र अनलाइन माथी मुद्धाको तयारी गरेका बेला बुढाथोकीले आफूले गल्ती गरेको र आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता भिडियो मार्फत गरेका छन ।
आचार्यले गाएको एउटा गीतलाई अनलाइनमा हिट बनाउने मनशायले केहि अनलाइन पत्रिका हरुले स्वरुपलाई दुर्घटनामा परि निधन भएको शीर्षक दिएर पोष्ट गरेका थिए । समाचार लगत्तै यस प्रकारको कार्यगर्ने लार्ई कानुनि दायरामा ल्याउनु पर्ने र छोडन नहुने आवाज संगै आचार्य माथी दवाव समेत बढेको थियो । आचार्यले बुढाथोकीलाई काठमाण्डौ आएर माफी माग्न सुझाव दिदा उल्टै धम्क्याएको भनेर समाचार सम्प्रेषण गरेपछि कानुनी उपचारमा नै जाने तयारी थियो आचार्य को । यो वीचमा संगीतकार संघ नेपालले पनि विवाद को समाधानको पहल गरेको थियो । बुढाथोकिले आमा बिरामी भएका कारण काठमाण्डौ अहिले आउन नसक्ने तर आएको बेला भेटेरै माफी माग्ने बताउदै आज एउटा भिडियो मार्फत गल्ती स्विकार गर्दै माफी मागेका हुन । यो बिषयमा गायक आचार्यले कानुनि प्रकृया अगाढी बढाउदा बुढाथोकिका बाबुआमा लाई पर्न सक्ने असर प्रति ध्यान दिदै हाललाई कानुनि प्रकृयामा नजाने संकेत गरेका छन ।