टेक्सासको डलासमा किम्फ हुदै
नेपालको मौलिक कथामा बनेका चर्चित डकुमेन्ट्रीहरुको महोत्सव पहिलो पटक टेक्सासको डलासमा यही अगष्टको ६ तारिख हुने भएको छ । काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म किम्फ हिमाल एसोसियसनको आयोजना तथा एभरेष्टटाइम्स, नेपाल अमेरिका पत्रकार संघ नेजा तथा नेपाली समाज टेक्सासको सहयोगमा हुन लागेको हो । डलासस्थित नेपाली आध्यात्मिक तथा सास्कृतिक केन्द्रको भवनमा हुन लागेको महोत्सवमा ५ विभिन्न डकुमेन्ट्रीहरु प्रर्दशन हुने भएको छ ।
टेक्सास किम्फमा देखाउने फिल्महरु
१. देवकीको खोजीमा: ४५ मिनेट, निर्देशक: देवकी विष्ट
आफ्नो मनोकामना पूरा होस् भनेर नेपालको सुदूरपश्चिममा मानिसहरु साना केटीहरुलाई (पहिलेपहिले त केटाहरुलाई समेत) मन्दिरमा चढाउने गर्थे । यस्तो चलनलाई देउकी प्रथा भनिन्थ्यो । कानुनले यसलाई अमर्यादित चलन मानेर तीस वर्षअगाडि नै यसमाथि बन्देज लगाएको थियो । तर पनि लुकीछिपी यो चलन व्यवहारमा अझै जिउदो छ । यस फिल्मका निर्देशक देवकी विष्ट आफै सुदूरपश्चिमा जन्मे-हुर्केकी हुन् । सानैदेखि यस प्रथाबारे सुन्दै आएकी उनमा यस प्रथाको सामाजिक, सांस्कृतिक र धार्मिक आयामबारे अझै बुझ्ने उत्सुकता पलायो । अनि उनी यसबारे खोज अनुसन्धान गर्न भिडियो क्यामेरा लिएर निस्किन्छन् । उनको त्यही प्रयासको परिणाम हो यो डकुमेन्ट्री । किम्फ डकल्याबद्वारा प्रस्तुत यो फिल्म किम्फ २०१६ मा सर्वोत्कृष्ट नेपाली डकुमेन्ट्री ठहरिएको थियो ।
२. बियोन्ड द ≈वाइट केन: २८ मिनेट, निर्देशक: उपेन्द्रराज पाण्डे र बद्री न्यौपाने
यस डकुमेन्ट्रीले रामप्रसाद भण्डारीको कठिन दैनिकीलाई मर्मस्पर्शी ढङ्गले देखाएको छ । बुढयौलीले छोइसकेका रामप्रसाद आाखा देख्दैनन् । तर पनि सात जनाको जहान पाल्न उनी दिनहुा बाह्र घण्टा खट्छन् र गह्रौं भारी बोकेर अण्डा बेच्दै २० किलोमिटरसम्म हिाड्छन् । त्यसबाहेक जीवन धान्नलाई उनी मैनबत्ती र मुढा बनाउने काम पनि गर्छन् । उनको परिश्रमी र कर्मठ जीवन उदाहरणीय छ र धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ । यस फिल्मले किम्फ २०१६ मा ‘स्पेसल जुरी मेन्सन’ पाएको थियो ।
३. भुसको लोग्ने: ८ मिनेट, निर्देशक: ज्योति केशरसिंह ठकुरी
सुन्दरे र मायाको बिहे १६ वर्षको कलिलो उमेरमै भएको थियो । गर्भ तुहुनाले उनीहरुका धेरै सन्तान बिग्रे । केवल एउटी छोरी र एउटा छोरा बााचे । माया हरेक दिन घरधन्दा र खेतबारीको कामसमेत गर्छिन् । सुन्दरे र मायाको वैवाहिक जीवन धेरै वर्षसम्म हाासी-खुशीमा चलेको थियो । तर सुन्दरेले घरमा कान्छी स्वास्नी भित्र्याएपछि सबै कुरा फेरिन्छ । माया अकेली हुन्छिन्, उनको मनका कुरा सुनिदिने कोही हुादैन । यस फिल्मले महिलाको आङ खस्ने रोगमाथि प्रकाश पारेको छ ।
४. बाह्रखरी लौरो: २२ मिनेट, निर्देशक: घनश्याम खतिवडा
यो अर्घाखााची जिल्लाको एउटा विद्यालयमा पढाउने एक जना अपाङ्ग शिक्षकबारेको डकुमेन्ट्री हो । यसमा उनको निजी जीवन र असल शिक्षकका रुपमा उनले गरेका कामलाई देखाइएको छ । रातेपानी ठूलापोखरी भन्ने ठाउाको स्कुल बनाउनमा तिनको महफ्वपूर्ण भूमिका रहेको थियो । अपाङ्ग भईकन पनि आफनो गाउठाउमा शिक्षाको प्रसार गर्नमा उनले पुर्याएको योगदान प्रशंसनीय मात्र होइन अनुकरणीय पनि छ ।
५ मेला: ८ मिनेट, निर्देशक ः रघुवर नेपाल र शिवशरण कोइराला
बारा जिल्लामा लाग्ने चर्चित गढीमाई मेला भर्न जाादाखेरिको रोचक यात्रा ।
दुइ घण्टा भन्दा बढी ५ वटा रोमाञ्चक डकुमेन्ट्री हेर्न सामान्य टिकेट $१०, भिआइपी $५० र भिभिआइपी $१०० रहेको छ । छुटाउनै नहुने यी डकुमेन्ट्री हेर्नको लागि टिकेट छिट्टै लिन अनुरोध गरिएको छ ।
|