गायक बुद्धिकृृण्ण लाई ६ महिनाको औषधी खर्च सहयोग : काफलेलाई नेपालमा सामाजीक र सांगीतिक बहिस्कार गर्ने
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोष बाट लोक गायक बुद्धिकृृण्ण लामिछाने लाई थप २२ हजार २६३ रुपैया सहयोग गर्ने निर्णय भएको छ । सोमबार बसेको संघको बैठकको निर्णय अनुसार लामिछानेको परिवारले उपलब्ध गराएको ६ महिनाको औषधी खरिद गर्दाको एकमुष्ट खर्च कोषले ब्यहोर्ने भएको हो । संघका अध्यक्ष लक्ष्मण शेषका अनुसार यस अघि कोषका तर्फबाट लामिछानेलाई नगद १५हजार १ सय सहयोग गर्दै १ बर्षको औषधी खर्च ब्यहोर्ने प्रतिबद्धता गरिएको थियो । त्यसैगरी संगीतकार निरज कुमारलाई पनि थप ११ हजार ३८६ रुपैया औषधी खर्च सहयोग गर्ने निर्णय भएको छ । क्यान्सर पीडित निरजलाई यस अघि पनि कोष बाट उपचारका लागि २० हजार सहयोग गरिएको थियो । बैठकले भक्तराज आचार्य फाउण्डेशनका लागि नैतिक समर्थन गर्दै फाउण्डेशनलाई अगाडी बढाउन आबस्यक पर्ने सबै साथ र सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरी हाल अमेरिकामा रहेका एकजना नेपाली भाषी भुटानीले नेपाल नेपाली र नेपाली संगीतकर्मी लाई सामाजीक सञ्जाल मार्फत अपमान गरेको भन्दै खेद ब्यक्त गरेको छ । राकेश काफले नाम गरेको ति ब्यक्तिलाई सामाजीक र सांगीतिक बहिस्कार गर्ने निर्णय गर्दै बैठकले उनका कुनैपनि सांगीतिक सृजना नेपाल भित्र उत्पादन ,प्रकाशन प्रसारण हुन नदिने सघले जनाएको छ । काफलेले सामाजीक सञ्जाल मार्फत नेपालीहरुलाई कुत्ता र संगीतकार संघ तथा संगीतकर्मी हरुलाई खाते भन्दै मानमर्दन गरेको प्रमाण सुरक्षीत रहेको भन्दै संघले उनका कुनैपनि सिर्जना प्रसारण प्रकाशन नगर्न सबैसञ्चार माध्यमलाई आग्रह गरेको छ । साथै काफलेले नेपालीहरुको मानमर्दन गरेकाले न्यायीक उपचारका लागि थप कानुनि कदम चाल्नेपनि संघले जनाएको छ । बैठकमा मेची महाकाली सांगीतिक अभियानको तयारकिा बारेमा पनि छलफल भएको थियो ।
के भनेको नि त्यस्तो मेरी आम्मै नि?