संगीतकर्मी कल्याणकारी कोषको असार महिना सम्मको विवरण सार्बजनिक: ८ लाख ८० हजार ४२९ रुपैयाँ ८ पैसा जम्मा
इन्टर नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स का तर्फ बाट४ लाख ५३ हजार रुपैया सहयोगको घोषणा
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको असार महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार असार महिना सम्मको विवरण एकदिन सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार कोषमा ८ लाख ८० हजार ४२९रुपैयाँ ८पैसा जम्मा भएको छ ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको छ । विबरण सार्बजनिक गर्ने अघिल्लो दिन इन्टर नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स का तर्फ बाट गीतकार जिपी ढुङ्गेल र ब्यबसायी एबं समाजसेवी रविनदाश श्रेष्ठले ४ लाख ५३ हजार रुपैया कोषलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ । ढुङ्गेल कि छोरी अतिथि को ५ औ जन्मदिन को अबसर मा यो सहयोगको घोषणा गरिएको हो ।
संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारी कोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । अहिले सम्म कोष बाट ५ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ३ जना सर्जकको निधनका बेला कोषबाट १ लाख ४७ हजार ५सय ८२ रुपैया सहयोग गरिसकिएको छ । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघले जनाएको छ भने कल्याणकारी कोष बृद्धिका संघले मेचीकाली यात्रा गर्ने भएको छ ।