भदौ २४ मा ‘अञ्जु पन्त सुमधुर सन्ध्या २०७४’ हुने
दुई दशक देखी निरन्तर संगीतमा जमेकि गायिका अञ्जु पन्तको पहिलो एकल गायन कार्यक्रम ‘अञ्जु पन्त सुमधुर सन्ध्या २०७४’ हुने भएको छ ।
शनिबार पुतलीसडकस्थित साधना कला केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा भदौ २४ मा ‘अञ्जु पन्त सुमधुर सन्ध्या २०७४’ हुने जानकारी दिइएको हो । म्यूजिक रेकर्डिस्ट एसोसिएन र अन्जु पन्त फाउण्डेशनको आयोजनामा कमलादीको प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा अन्जुले लाइभ वाद्यवादन सहित प्रस्तुति दिनेछिन् । एकल साँझ आयोजक संस्थाका , अध्यक्ष दीपरत्न तुलाधारले कार्यक्रमबाट उठेको मध्ये ५० ÷ ५० प्रतिशत रकम अञ्जु पन्त फाउन्डेसन र रेकर्डिस्ट एसोसिएनले लिने जानकारी दिए । कार्यक्रमबाट उठेको रकम कल्याणकारी कोष स्थापना र अनाथ तथा असहाय बालबालिकाको पढाइमा खर्च हुने छ । कार्यक्रममा बोल्ने बक्ताहरुले विदेशी संगीतकर्मी झिकाएर तडकभडक गर्नुभन्दा आफ्नै स्रष्टाको कार्यक्रममा भव्य र ऐतिहासिक बनाउनुपर्नेमा जोड दिएका थिए । पत्रकार सम्मेलनमा संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी,संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, बरिष्ठ साउन्ड इन्जिनियर प्रदिप उपाध्याय,संगीतकला पत्रकार संघका अध्यक्ष सुमन पण्डितले कार्यक्रमको सफलताको कामना सहित आफनो ठाउँ बाट सक्दो सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमको सहजिकरण गीतकार एबं पत्रकार लोकराज अधिकारीले गरेका थिए ।