एनआरएनए अमेरिकाको अध्यक्ष पदका प्रत्याशी राम पोख्रेलद्वारा भावी एजेन्डा सार्बजनिक

अमेरिकावासी नेपालीलाइ मेरो बिशेष अपिल आदरणाीय अमेरिकाबासी आमा बुवा , दाजु भाइ , दिदी बहिनी र साथीहरु,

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको यही अगष्ट ११ र १२ मा हुन गैरहेको निर्वाचनमा मैले अध्यक्ष पदकालागी उमेदवारी दिएको सर्वविदीतै छ । तपाँइहरुले अहिलेसम्म म प्रती देखाउँदै आउनु भएको सदभाव , माया र बिश्वासकालागी सर्वप्रथम म तपाँइहरुप्रती हृदयदेखि नै आभार व्यक्त गर्दछु । त्यही सदभाव , माया र बिश्वास फेरिपनि मलाइ प्राप्त हुने अपेक्षा र समाजसेवामा थप सक्रिय हुने दृढ–संकल्पसहित यसपटकको एनआरएन अमेरिकाको निर्वाचनमा मैले अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको हुँ ।

यसअघि प्राप्त तपाँइहरुकै सदभाव , माया र बिश्वासले मैले एनआरएन अमेरिकाको उपाध्यक्षको भुमिका निर्वाह गर्ने मौका पाएँ । यो मौका दिनु भएकोमा तपाँइहरु सबैलाइ हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । एनआरएन अमेरिकाको अहिलेसम्मको कार्यशैली , यसको साँगठनीक ढाँचा , संयन्त्र र पदीय हैसियत अनुसार एउटा उपाध्यक्षका रुपमा मैले जे जती गर्न सक्थ्यें , त्यो मैले इमान्दारीपर्वुक गरें जस्तो मलाइ लाग्छ । हो, कतीपय कामहरु मैले मात्र चाहेर पुरा गर्न सक्दैनथ्यें , सकिएन , तर मैले कहिल्यैपनि आफनो इमान्दार प्रयासलाइ कम हुन दिइन । यो अबधिमा मैले जे जस्तो जिम्मेवारी पाएँ, त्यो जिम्मेवारी सफतलापुर्वक सम्पन्न गरेको छु । कसरी आफना उदेश्य र लक्ष्य प्राप्त गर्न सकिन्छ ? र त्यसका बाधक के हुन भन्ने गहिरो अनुभव लीएर यसपटक म अध्यक्षको उमेदवार बनेको छु ।

मेरो उमेदवारी अमेरिकाका सबै नेपालीका लागी र मातृभूमि–नेपालकालागी हो । नेपाली–नेपाली बिच नजोडिएको साइनो जोडने , त्यो साइनोलाइ थप बलीयो एवं प्रभावकारी बनाउने र जोडीएको त्यो बलीयो साइनोलाइ अमेरिकीहरुमाझपनि एउटा सम्पत्तीका रुपमा स्थापीत गर्ने मेरो एउटा मात्र उदेश्य हो । यो उदेश्य प्राप्तीकालागी मलाइ बिकाशोन्मुख देशहरुमा राजनैतीक निर्वाचनमा अपनाइने जस्तो हतकण्डा अपनाउनु छैन । मेरा आफना एजेण्डाहरु छन । र, ती एजेण्डाहरुलाइ कसरी पुरा गर्ने भन्ने मेरा आफना खाकाहरु छन । मेरा एजेण्डा र खाकामा तपाँइहरुकापनि एजेण्डा र खाका मिसाएर बलीयो एनआरएन अमेरिका बनाउने मेरो चाहना छ ।

व्यक्ति बलीयो भए समाज र समाज बलीयो भए राष्ट्र बलीयो हुन्छ भन्ने सर्वसम्मत मान्यतामा मेरोपनि ठुलो बिश्वास छ । यही बिश्वासका आधारमा मैले एजेण्डाहरु तय गरेको छु । हामी जस्ता अप्रवासीहरुको कर्तव्य र दायीत्व एउटा होइन , दुइवटा राष्ट्रसँग जोडीएको छ । हामीले कर्मको मात्र सन्तुलन होइन , भावनाकोपनि सन्तुलन मिलाउनु पर्नेछ । यो सानो र सामान्य कुरा होइन । निर्वाचनमा जो जो प्रतिद्धन्द्धी भएपनि र पछि जो जोले जितेपनि हामीसँग कर्मभुमि र मातृभूमिको भावनाको सन्तुलन मिलाउने जस्तो ठुलो जिम्मेवारी छ । यहाँनेर म एउटा कुरा स्पष्ट पार्न चाहन्छु

– म समाज र व्यक्ति बिभाजनकालागी उमेदवार भएको होइन । समाज र देश जोडन र बलीयो बनाउनका लागी उमेदवार भएको हुँ । यसमा तपाँइहरु सबैको साथ सहयोगकालागी बिनम्र अनुरोध गर्दछु । अन्त्यमा , संक्षेपमा मेरा केही एजेण्डाहरु उल्लेख गर्न चाहन्छु । एजेण्डाहरु

– आप्रवासी नेपालीहरुको हर–प्रकारको सहयोगकालागी एनआरएन अमेरिका अन्तर्गत एउटा छुटटै सक्रिय संयन्त्र स्थापना गर्ने ।

– एनआरएन अमेरिकाका सम्पुर्ण सदस्यहरुको दैनीक जिवनमा कुनै न कुनै हिसाबले फाइदा पुग्ने खालका सहुलीयत कार्यक्रमहरु परिचयपत्रसहित लागु गर्ने ।

– नव आगन्तुक आप्रवासीहरुकालागी तत्काल आवश्यक पर्ने आधारभुत सहयोग र सल्लाहकालागी एउटा ‘फोकल प्वाइन्ट’बनाउने ।

– एनआरएन अमेरिकाका स्टेट च्याप्टरहरुलाइ बिशेष अधिकार प्रदान गर्दै अमेरिकी सरकारका निकायहरुसँगको सम्बन्धलाइ तीव्रता दिने । खासगरी , अमेरिकी सरकारका निकायहरुसँगको सम्बन्ध बिस्तार गर्न एउटा छुटटै ‘टिम’ बनाउने । – स्थानीय तहका बिभिन्न नेपाली संघ–संस्था र एनआरएन अमेरिकाबिचको सहकार्यलाइ प्रभावकारी रुपमा अगाडी बढाउने । – अप्रावासी नेपालीमाथी आइपर्ने आकस्मिक संकटहरुको सामना गर्न एउटा ‘आपतकालीन कोषलाइ अझ थप प्रभावकारी बनाउने ।

–नेपाली भाषा–सँस्कृती र कलाको प्रबद्र्धन र जगेर्नाकालागी स्थानीय संघ संस्थाहरुसँग सहकार्यगरी निश्चीत कार्यक्रमहरु बनाउने । – अमेरिकामा नेपाली युवाहरुले प्राप्त गरेको बिशेष ज्ञान र सिपलाइ थप प्रबद्र्धन गर्न सहयोग गर्ने । –एनआरएन अमेरिका मार्फत मातृभूमि नेपालमा हुने परोपकारी तथा कल्याणकारी कार्यहरुलाइ संस्थागत र थप प्रभावकारी बनाउन एउटा छुटटै संयन्त्र मार्फत काम अगाडी बढाउने । – एनआरएन अन्तर्राष्ट्रिय समितीमा, एनआरएन अमेरिकाको प्रभावकारी उपस्थितीकालागी आवश्यक पहल गर्ने ।

माथी उल्लेखित एजेण्डाहरु कार्यान्वयनका लागी यसपटक एनआरएन अमेरिकाको अध्यक्षमा मलाइ मतदान गर्नु हुन यहाँहरु सबैसँग फेरिपनि हार्दिक अनुरोध गर्दछु ।

राम सी पोखरेल

एनआरएन अमेरिकाको अध्यक्षको उमेदवार

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907