भदौ सम्ममा रोयल्टीका सबै प्रकृया ब्यवस्थीत हुन्छ : रबिन्द्र अधिकारी सभापति संसदिय बिकास समिति

ब्यवस्थापीका संसद बिकास समितिका सभापति रबिन्द्र अधिकारीले संगीत रोयल्टी ब्यबस्थापनमा बाँकि रहेका जे जति काम छन त्यो साउन महिना भरमा टुंग्याइने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय र संगीतकारसंघ नेपालको संयुक्त आयोजनामा भएको रोयल्टी ब्यबस्थापनमा राज्यका अंगको सकृय भुमिका बिषयक अन्र्तकृयामा बोल्दै सभापति अधिकारीले बाँकि रहेका सबै काम साउन महिनाभरमा टुंग्याएर भदौ देखी सबै प्रकृया ब्यबस्थीत हुनेमा ढुक्क हुन संगीतकर्मी हरुलाई आश्वस्त पार्नु भयो । उहाले संगीतकर्मीले रोयल्टी लिनु दान दया नभै आफनो अधिकार भएको बताउनु भयो ।
कार्यक्रममा रजिष्ट्रार राजेन्द्र सिग्देलले रोयल्टी ब्यवस्थापन र प्रतिलिपी अधिकार संरक्षणमा हालसम्म भैरहेका कार्यबारे जानकारी गराउनु भएकोथियो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक बिजयलाल कायस्थले प्रतिलिपी अधिकारको बिषय हिजो प्रहरीकै लागि नौलो भएको तर यसबारे बुझदै जादा ठूलो आर्थिक अपराध भैरहेको तथ्य भेटिएको बताउनु भयो । उहाँले प्रतिलिपी अधिकार संरक्षणका लागि सबै ठाउमा कपी राइट प्रहरी सेल गठनको प्रकृया अगाडी बढाउने बताउनु भयो ।

संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषको अध्यक्षतामा भएको अन्र्तकृयामा संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, र संगीत उत्पादक समाजका अध्यक्ष निर्मल ढकालले रोयल्टी संकलन र बयबस्थापनमा राज्यका तर्फबाट भएका हालसम्मका पहल सुखद भएको भन्दै अब केहि कानुनी प्रकृयालाई ब्यबस्थीत गरेमा राज्यले संगीत क्षेत्रबाट ठूलै मात्रमा राजश्व संकलन गर्न सक्ने अबस्था आएको बताउनु भयो ।

त्यसै अबसरमा मधुशाला गजल रेष्टुरेन्टका संचालक गायक तथा संगीतकार उदय सोताङ्गले आफनो रेष्टुरेन्टमा गाइएका गीतका सर्जकलाई रोयल्टी दिने घोषणा गर्नु भयो । उहाँले सोमबार देखी नै घोषणा कार्यान्वन गरिएको पनि सार्बजनिक गर्नु भयो । कार्यक्रमको सहजिकरण संगीतकार संघका महासचिव महेश खडकाले गर्नु भएको थियो ।

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907