संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका नव गायक बिनय र इजरायलमा रहेकि नव गायीका अनिताद्धारा १५ हजार १ सय सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा इजरायलमा रहेकि नव गायीका अनिता लामा योञ्जनले १० हजार रुपैया सहयोग गर्नु भएको छ । 18882004_1182536658541407_3021839508897626433_nअनिताले पठाएको सहयोग एक कार्यक्रमका बिच कोषलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी बर्दिया घर भै हाल अमेरिका रहेका नव गायक बिनय अनुरागले ५ हजार १ सय रुपैया कोषलाई सहयोग गर्नु भएको छ ।19206569_2011344585753765_2147104637_n गायक अनुरागले म्यूजिक संसार मार्फत पठाउनु भएको सहयोग कोषलाई हस्तान्तरण गरिएको छ । दुबै जनाले कोषमा जोडिन पाएकोमा गर्व लागेको बताउनु भएको छ । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको छ । संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारीकोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।जेठ महिना सम्मकोे विवरण अनुसार कोषमा ८ लाख ४५ हजार १९ रुपैयाँ ८पैसा जम्मा भएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । अहिले सम्म ५ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ३ जना सर्जकको निधनका बेला कोषबाट १ लाख ४७ हजार ५सय ८२ रुपैया सहयोग गरि सकिएको छ । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले बिशेष सम्मान गर्दै आएको छ । भने कल्याणकारी कोष बृद्धिका संघले मेचीकाली यात्रा गर्ने भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907